आरामदायी निन्द्राका लागि वास्तुको महत्व - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Fri Aug 23 Blog

आरामदायी निन्द्राका लागि वास्तुको महत्व

दैनिक जिवनमा खाना, पानी आवासका साथै निन्द्राको पनि उत्तिकै महत्व रहेको हुन्छ । मानिसले आफ्नो जिवनको एक तिहाई भाग निदाएर नै बिताउँछ । यदि व्यक्तिलाई राम्रो निन्द्रा लागेन भने उ अस्वस्थ हुन्छ । उसको सोचाई, काम गराई एवं निर्णय क्षमतामा विचलन आउन पुग्छ । अहिलेको समयमा धेरै व्यक्तिहरु स्वस्थ निन्द्राको अभावमा पिडित छन । धेरै ठुलो घर, आरामदायी सुविधायुक्त ओछ्यान भएपनि मानीसहरु राम्ररी निदाउन सकेका हुदैनन । जसको परिणाम स्वरुप मानिस मा डिप्रेशन लगायत अन्य गम्भिर मानसिक समस्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । अर्को तर्फ आरामदायी निन्द्राले हामी लाई स्वस्थ, सुखी र सन्तुलीत जिवन जिउन सहयोग गर्छ । यसमा अन्य कुराका अतिरिक्त वास्तुको पनि ठुलो प्रभाव रहेको हुन्छ ।

वास्तु अनुसार हाम्रो वरपरी सकारात्मक एवं नकारात्मक उर्जाहरुको निरन्तर प्रवाह भई रहेको हुन्छ । हाम्रो सिराने र सुताईको अवस्था ले स्वस्थ निन्द्राका लागि महत्वपुर्ण प्रभाव पारेको हुन्छ । आरामदायी निन्द्राका लागि पूर्व तर्फ सिराने पारेर शयन गर्नु शुभ हुन्छ । पुर्व तर्फ सिराने राख्न सम्भव नभएमा दक्षिण तर्फ राख्नु उत्तम हुन्छ । यदि पुर्व वा दक्षिण तर्फ सिराने भएमा शरिरमा सकारात्मक उर्जा को प्रवाह हुन्छ । शरिरमा रक्त सञ्चार प्रभावकारी हु्न्छ यसबाट निन्द्रा त आरामदायी हुन्छ नै बिहान बिउँझदा समेत जिउ हलुका र स्वस्थ्य महसुस हुन्छ ।

शयन गर्दा सिराने कदापी पनि उत्तर तर्फ हुनु हुँदैन । पृथ्वीको उत्तर तर्फ कडा चुम्बकीय क्षेत्र रहेको हुन्छ । उक्त दिशा बाट निरन्तर चुम्बकिय किरणहरुको प्रवाह हुन्छ । हाम्रो शरिरमा शिरलाई उत्तर तर्फको भाग मानिन्छ । यदि व्यक्तिको शिराने पनि उत्तर तर्फ नै भएमा दुबै क्षेत्रको चुम्बकीय शक्ति बिच टकराव उत्पन्न हुन्छ । यस अवस्थाले व्यक्तिको शारिरिक तथा मानसिक स्वास्थ्यमा विचलन निम्त्याउँछ । विशेष गरि रत्तसञ्चारमा अवरोध हुने, कोलेष्ट्रोल को मात्रा बढ्ने, ऐठन हुने, निन्द्रामा बर्बराउने, डरलाग्दो सपना देख्ने, गहिरो निन्द्रा नपर्ने एवं हर्टअट्याक समेत हुन सक्नेछ ।

वास्तु अनुसार दक्षिण पश्चिम दिशा लाई शक्तिशाली क्षेत्र मानिन्छ । यस भाग तर्फ धेरै उर्जा शक्ति संग्रह भएको हुन्छ । उत्तर पूर्व बाट आएको सकारात्मक उर्जा यदि दिशामा हुन्छ । पतीपत्नीले दक्षिण दिशा तर्फ शिराने पारेर शयन गरेमा सकारात्मक एवं सुमधुर सम्बन्ध कायम हुन्छ । यस दिशा तर्फ घरको झ्याल वा ढोका नराख्नु राम्रो हुन्छ ।

वास्तु अनुसार व्यक्तिले निम्न दिशा तर्फ शयन गर्दा निम्न परिणाम देखिन्छ ।
उत्तर तर्फ – स्वास्थ्य र धनको नाश
पश्चिम – अल्छि, चिन्ता र भद्दा शरिर
पूर्व – सुख, शान्ति र समृद्धि
दक्षिण – सुख, शान्ति र समृद्धि

नव विवाहित दम्पति का लागि शयन गर्ने कोठा घरको दक्षिण पश्चिम दिशा तर्फ हुनु उत्तम हुन्छ । दम्पतिका लागि उत्तर पूर्व वा दक्षिण पूर्व तर्फ को कोठा भएमा गर्भधारणमा ढिलाई हुने एवं सन्तान सम्बन्धि समस्या देखिन सक्नेछ । मान्यता अनुसार पत्निले बिहान सूर्योदय भन्दा केहि अगाडी उठेर ओछ्यान बाट ओर्लदा दाहिने खुट्टा भुईमा टेकेर केहि पाईला पूर्व तिर हिड्नु शुभ हुन्छ । पूर्व दिशा बाट सदैव सकारात्मक उर्जाको प्रवाह हुन्छ । यसले घरपरिवार र पारिवारिक सम्बन्धमा सकारात्मक तरंग कायम रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस
तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस

महत्त्वपूर्ण लेखहरू

राशिफल

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस