पितृको सम्झनामा गरिने सोह्रश्राद्ध आज बि. सं. २०७६ भाद्र २८ गते शनिबार बाट शुरु
पितृको सम्झनामा जल र अन्न दिएर श्रद्धा भक्ती पूर्वक गरिने सोह्रश्राद्ध आज बाट शुरु भएको छ । आज भदौ २८ गते शनिबार प्रतिपदा श्राद्ध रहेको छ।
पितृको सम्झनामा गरिने स्रोह श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंसीसम्म जारी रहन्छ । पितृपक्षमा मांसाहारी पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृलाई तर्पण जल, पिण्ड, फलफूल, दूध, नैवेद्यले अर्पण गरेर आवहान गरि पूजा गरिन्छ। चन्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृ वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औंसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समय गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो ।
हिन्दू धर्मअनुसार चाडपर्व, यज्ञजस्ता ठूला कर्म गर्नुपूर्व पितृ पूजा गर्ने परम्पराअनुरूप यो अवधिमा हरेकले पितृलाई दसैंतिहारको नाममा भाग दिने चलन छ । अघिपछिको श्राद्धमा एउटा मात्र जौ अथवा खिरको पिण्ड दिने गरिन्छ भने स्रोहश्राद्धमा पितृ सबैका लागि छुट्टाछुट्टै पिण्ड दिने गरिन्छ ।
श्राद्धमा बुबा, हजुरबुबा र जिजुबुबा तथा मामाघरको हजुर बुबा, जिजुबुबा र बूढा जिजुबुबाको नाम उच्चारण गर्दै श्राद्ध गर्ने गरिन्छ । श्राद्ध गर्दा सव्यमा विश्वदेव ब्राह्मण र अपसव्यामा पितृ ब्राह्मण पूजा गरिने चलन छ । यो १५ दिनको समय प्रायः सबैको घरघरमा श्राद्ध पर्छ । यो अवधिमा पार्वण श्राद्ध गर्ने गरिन्छ । पार्वण श्राद्ध आप्mनै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा पनि गर्ने चलन छ । तर, घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने धार्मिक नियम छ ।
कसका लागि कुन दिन उत्तम मानिन्छ
सामान्यतया जसको जुन तिथीमा मृत्य भएको छ सोहि तिथीमा श्राद्ध गरिन्छ तर अन्य विशेष दिनलाइ पनि आधार मानेर गर्न सकिन्छ । जसको मृत्यु अविवाहित स्थितिमा भएको छ । यसलाई ‘कुमार पञ्चमी’ पनि भनिन्छ । आश्विन कृष्णपक्ष नवमीका तिथिमा गरिने श्राद्धका लागि उत्तम मानिन्छ । त्यसैले यसलाई ‘मातृ नवमी’ भनिन्छ । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवंगत महिलाको श्राद्ध सम्पन्न हुन्छ ।
यसैगरी, आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी तिथिका दिन परिवारका सन्न्यास लिएका व्यक्तिको श्राद्ध गर्ने विधान छ । आश्विन कृष्णपक्ष चतुर्दशी तिथिका दिन दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्युलगायत अकाल मृत्यु भएकाको श्राद्ध गरिने चलन छ ।
आश्विन कृष्णपक्ष अमावस्या औंसीका दिन कुनै कारण पितृपक्षका सबै तिथिमा पितृको श्राद्ध गर्न बिघ्न परे अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा श्राद्ध गर्न सकिने अवस्था हुन्छ।
आश्विन कृष्णपक्ष प्रतिपदाका दिन मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुने मान्यता छ ।
यसपालिको सोह्रश्राद्ध का दिन हरु यस प्रकार रहेका छन ।