वास्तु अनुसार कस्तो हुनुपर्छ त हाम्रो भान्साकोठा ? - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Fri Aug 23 Blog

वास्तु अनुसार कस्तो हुनुपर्छ त हाम्रो भान्साकोठा ?

भान्साकोठा हाम्रो घरको सबैभन्दा महत्वपुर्ण स्थान हो । जहाँ कच्चा पदार्थहरु पाकेर स्वादिष्ट भोजनका रुपमा तयार हुन्छन। खानाबाट हामी लाई उर्जा प्राप्त हुन्छ । वास्तुले उर्जाहरुको सन्तुलित प्रवाह मा जोड दिन्छ । यदि खाना बाट हामी लाई उर्जा सकारात्मक उर्जा प्राप्त भएमा हाम्रो शरिर र मन दुवै स्वस्थ्य हुन सक्छ । तर यदि भान्सामा नकारात्मक उर्जाको प्रभाव बढि भएमा हाम्रो शारिरिक तथा मानसिक दुबै स्वास्थ्य लाई क्षति पुर्याउँछ ।

वास्तु अनुसार भान्साघर ले अग्नि तत्वको प्रतिनिधित्व गर्दछ । यदि कुनै घरमा अग्नि तत्वको उचित व्यवस्थापन नभएमा त्यस ठाउँमा बस्ने व्यक्तिको स्वास्थ्य, धन एवं संवेगमा बिचलन आउनेछ । मन सधैं असन्तुष्ट र अतृप्त रहन्छ । हामीले भवन निर्माण गर्दा वास्तुको सामान्य नियम लाई पालना गर्न सकेमा नकारात्मक उर्जा व्यवस्थापन हुन्छ । भान्साकोठामा सकारात्मक एवं सन्तुलित उर्जा प्राप्त भई हाम्रो जिवन स्वस्थ्य, सुन्दर एवं सन्तुलित बन्न सक्छ ।
यदि वास्तु अनुसार भान्साघर को निर्माण हुन नसकेमा विभिन्न समस्याहरु देखिन सक्नेछन। वास्तु नमिलेको भान्सा कोठा मा पकाएको खानामा नकारात्मक उर्जाको प्रवाह बढि हुन्छ र स्वास्थ्य समस्या हरु आई विभिन्न रोगहरु देखिन सक्नेछन । खर्च बढ्ने एवं ऋण पनि बढ्न सक्नेछ र आर्थीक अवस्था मा उतारचढाव देखिनेछ। नकारात्मक उर्जा बढि भएको भान्सा भएमा परिवारमा बेमेल को अवस्था सिर्जना हुनेछ । पति पत्नी विच नियमित झगडा, कुटपिट र अन्त्यमा छोडपत्र समेत हुन सक्नेछ ।

वास्तु अनुसार भान्सा कोठा घरको दक्षिण पुर्व ( आग्नेय कोण) दिशा तर्फ निर्माण गर्नु पर्दछ । यदि यो दिशा तर्फ कसैगरि पनि बनाउन सम्भव नभएमा उत्तर पश्चिम – वायव्य कोण) तर्फ पनि बनाउन सकिन्छ । तर भान्साकोठा कहिल्यै पनि घरको उत्तर पुर्व ( ईशान कोण) तर्फ बनाउनु हुँदैन । समग्रमा वास्तु अनुसार भान्साघर बनाउन ध्यानदिनु पर्ने पक्षहरु ।
– बाथरुमको सिधा माथि वा सिधा मुनी पर्ने गरि भान्सा बनाउनु हँुनैन ।
– पुजा कोठाको सिधा माथि वा सिधा मुनी भान्सा बनाउनु ह्ुँदैन ।
– खाना पकाउने चुला भान्सा कोठाको प्रवेश द्धार को सिधा अगाडी हुनु हुँदैन ।
– भान्सा कोठाको ढोका पूर्व वा दक्षिण तर्फ हुनु शुभ हुन्छ ।
– भान्सा कोठा घरको उत्तर पूर्वी कोण – इशान कोण) तर्फ बनाउनु हुँदैन । यो दिशा तिर भान्सा कोठा भएमा परिवारका सदस्यहरु मानसिक रोग बाट पिडित बन्न पुग्नेछन ।
– घरको दक्षिण पश्चिम कोण – नैरित्य) मा भान्साकोठा भएमा परिवारका सदस्य विच वारम्बार विवाद परिरहन्छ ।
– भवन को उत्तर तर्फ भान्सा घर भएमा जति धेरै आम्दानी भएपनि खर्च पनि उत्तिकै बढ्नेछ ।
– भान्सा कोठामा खाना तयार गर्ने व्यक्ति ले पुर्व तर्फ फर्किएर खाना तयार गर्नु शुभ हुन्छ ।
– भान्साकोठा को भित्तामा कालो रंग प्रयोग गर्नू शुभ हुँदैन, हलुका पहेंलो, हलुका गुलाबी, चकलेट रंग र हलुका रातो रँग प्रयोग गर्नु शुभ मानिन्छ ।
– भान्सा कोठा भित्र खाना पकाउने चुला दक्षिण पुर्वको कुना तर्फ, पानीको धारा उत्तर तर्फ र रेफ्रिजरेटर लगायत अन्य मेशिनरी सामानहरु कोठाको दक्षिण वा पश्चिम कुना तर्फ राख्नु उत्तम हुन्छ ।
– भान्सा कोठामा झ्याल पुर्व र पश्चिम तर्फ बनाउनु शुभ हुन्छ ।
– बसेर खाना खाने स्थान वा डाईनिङ टेबल कोठाको मध्य भागमा वा पश्चिम दिशा तर्फ बनाउन सकिन्छ ।
– भान्सा मा खाना बनाउने मानिसे खुशी एवं सकारात्मक भएर काम गरेमा त्यसमा सकारात्मक उर्जाको प्रवाह भई खानेकुरा थप स्वादिलो बन्न सक्नेछ ।
– भान्सा कोठा सदैव सफा हुनु आवश्यक छ ।

यदि हामीले वास्तु अनुसार उल्लेखित कुराहरु व्यावहारिक रुपमा लागु गर्न सकेमा हाम्रो भान्सा कोठा मा सकारात्मक उर्जाको प्रवाह निरन्तर भएर हामी अनि हाम्रो परिवार स्वस्थ्य, सुखी र सम्पन्न बन्न सक्नेछ ।

3 thoughts on “वास्तु अनुसार कस्तो हुनुपर्छ त हाम्रो भान्साकोठा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस
तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस

महत्त्वपूर्ण लेखहरू

राशिफल

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस