ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
साप्ताहिक राशिफल २०७७ असार २८ देखि साउन ३ गते सम्म
Weekly Rashifal 2020 July 12 to 18
यो साता चन्द्रमाले तपाईको व्यय स्थान, प्रथम, द्धितीय र तृतीय भावको गोचर गर्नेछन । तपाईका लागि साताको शुरुवात का दिन कमजोर रहने देखिन्छ । चिन्ता बढ्ने, एवं निन्द्रा नलाग्ने समस्या देखिन सक्नेछ । यसका लागि योगा तथा ध्यानमा केहि समय दिनु उत्तम हुनेछ । तर साताको मध्य तिरका दिन देखि भने अवस्थामा सुधार हुनेछ । धन लाभ हुनेछ । बोलीमा प्रभावकारीता बढ्नेछ । सरकारी क्षेत्रबाट साथ र सहयोग मिल्न सक्नेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । परिवार मा मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।
यो साता चन्द्रमाले तपाईको लाभ स्थान, व्यय स्थान, शिरमा र धन स्थानको गोचर गर्नेछन । तपाईको कार्य क्षमता बढ्नेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशिल भएर कार्य गर्न सक्नुहुनेछ । समाजका लब्ध प्रतिश्ठित व्यक्तित्वहरु सँग चिनजान हुने अवसर जुट्नेछ । आफ्ना भाई बहिनी सँगको घनिष्ठता मजबुत हुने देखिन्छ । सोमबार र मंगलबार चन्द्रमाको गोचर व्यय स्थानमा हुने हुनाले यि दिनमा अचानक खर्चको मात्रा बढ्ने र बिना अर्थका यात्रा हुन सक्नेछन । बुधबार देखि भने तपाईको शिरमा चन्द्रमाको प्रभाव रहनेछ । आत्मविश्वास बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
यो साता चन्द्रमाको गोचर तपाईका लागि दशम, एकादश, व्यय स्थान र साताको अन्त्यमा शिरमा हुनेछ । यो साता तपाईका लागि शुभ रहेको छ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । नोकरी र पेशा व्यावसायमा उच्च प्रगति गर्न सकिने महिना रहेको छ । तपाईको परिश्रम बाट उच्च पदस्थ व्यक्ती प्रभावित हुनुहुनेछ । व्यापार व्यावसाय बाट राम्रो लाभ हुनेछ । घरपरिवारमा आफ्ना परिवारका सदस्यबाट उचित साथ र सहयोग हुनेछ । बिहीबार र शुक्रबार तपाईकालागि केहि कमजोर दिन रहेका छन । यी दिनमा धेरै उधारो जान सक्ने एवं खर्च बढ्न सक्नेछ । सचेत रहनु होला । बिद्यार्थीका लागि सकारात्मक साता रहनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लाग भगवान बिष्णुको पुजा आराधना गर्नु शुभ हुनेछ ।
यो साता चन्द्रमाले तपाँइको नवम, दशम, एकादश र द्धादश भावमा गोचर गर्ने छन । तपाईका लागि यो साता मिश्रित रहनेछ । भाग्यले साथ दिनेछ । आर्थीक कारोबार मा बृद्धि हुनेछ । आम्दानी बचत हुनेछ । नोकरी गर्नेहरुका लागि पनि सकारात्मक समय रहनेछ । सहकर्मी साथीबाट सहयोग हुनेछ । भाईबहिनी बाट तपाई सँग सहयोग माग्न सक्ने साता रहेको छ । यो साता तपाईको पिताको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । बिद्यार्थीको पढाईमा मन नजाने हुनाले अभिभावक लाई तनाव बढ्न सक्नेछ । प्रेम सम्बन्ध यो साता सामान्य रहनेछ । सामान्य मतभेद ले ठुलो समस्या लिने छैन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
यो साता चन्द्रमाले तपाईको अष्टम, नवम, दशम, र एकादश भावमा गोचर गर्नेछन । यो साता तपाईको शारिरिक स्वास्थ्य बिग्रनुका साथै मानसिक चिन्ता बढ्न सक्नेछ । रोग प्रतिरोध क्षमता पनि कमजोर रहन सक्नेछ । आफ्नो आहार विहार मा सजगता अपनाउनु उत्तम हुनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवासाय मा उतारचढावहरु देखिन सक्नेछन । तर सोमबार मध्यान्ह देखि भने अवस्थामा सुधार हुनेछ । आफ्नो जिवन साथीको साथ र सहयोग ले आत्मविश्वास भने कायम रहनेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । गुरुहरु बाट तपाईलाई महत्वपुर्ण मार्गदर्शन हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि गरिब दुखिलाई रातो कपडा दान गर्नु शुभ हुनेछ ।
यो साता चन्द्रमाले तपाईको सप्तम, अष्टम, नवम र दशम भावमा गोचर गर्नेछन । साताको शुरुवातका दिन भोग विलास एवं मनोरञ्जनमा बित्ने देखिन्छ । आफ्नो प्रेमी एवं जिवनसाथी सँग शारिरिक एवं भावनात्मक रुपमा नजिक हुने योग छ । साथीभाईको साथ र सहयोग ले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसायमा सकारात्मक अवस्था रहनेछ । साताको मध्यभाग तिर मंगलबार र बुधबार चन्द्रमाको गोचर अष्टम भावमा हुने हुनाले स्वास्थ्य बिग्रने एवं अनावश्यक कार्यमा धन खर्च हुन सक्नेछ । बुबाको स्वास्थ्मा समेत समस्या देखिन सक्नेछ । तर साताको उत्तरार्ध का दिनहरु भने शुभ रहेका छन । धार्मीक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्ने हरुका लागि कार्य स्थलमा कामको बोझ थपिन सक्नेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । बिद्यार्थी वर्गका लागि यो साता केही कमजोर रहेको छ खरब संगतका कारण कुलतमा फस्न सकिने छ । सचेत रहनु आवश्यक छ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु एवं आमाको सम्मान र सेवा गर्नु उत्तम हुनेछ ।
यो साता चन्द्रमाले तपाईको षष्टम, सप्तम, अष्टम र नवम भावको गोचर गर्नेछन । कार्य क्षेत्रमा तपाईको योगदान प्रशंसनीय रहनेछ । आफ्ना प्रतिद्धन्दी भन्दा तपाई बलियो हुनु हुनेछ । यो साता तपाँईका विरोधिहरु पराजित हुनेछन । रोग प्रतिरोध क्षमता पनि सबल रहनेछ । तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमता समेत बढ्नेछ। आर्थीक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्नो जिवनसाथी सँग भावनात्मक सम्बन्ध थप मजबुत रहनेछ । बिहिबार र शुक्रबार भने अष्टम भावमा चन्द्रमाको गोचर का कारण आर्थीक कारोबार मा सुस्तता र स्वास्थ्यमा समस्या देखिन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ
बृश्चिक राशिका लागि यो साता उत्तम रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले सन्तान बाट सुख प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा प्रगति हुनेछ । तपाईको सिर्जनात्मक क्षमता सबल रहनेछ । प्रशस्त धन आर्जन हुने एवं बचत पनि हुने योग छ । नोकरीमा सफलता मिल्नेछ । नोकरी मा स्थान परिवर्तन हुने एवं जिम्मेवारी हेरफेर हुन सक्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । समाजका महत्वपूर्ण व्यक्तिहरु सँग परिचित हुने अवसर जुट्नेछ ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । जिवनसाथी सँग भावनात्मक दुरी बढ्न सक्ने देखिन्छ । सुमधुर सम्बन्धका लागि जिम्मेबार हुनु आवश्यक देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
यो साता चन्द्रमा ले तपाईको चतुर्थ, पञ्चम, षष्टमा र सप्तमा भावमा गोचर गर्नेछन । परिवार मा केही समस्या आउन सक्नेछन । साताको शुरुमा आमाको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । मानसिक चिन्ता बढ्न सक्छ । सन्तान का कारण समेत समस्या आउन सक्छ । शान्त र स्थिर भएर समस्या समाधानमा लाग्नु आवश्यक देखिन्छ । सोमबार अपरान्ह देखि भने तपाइको अवस्थामा सुधार हुनेछ । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । बिरोधीहरु पराजित हुनेछन । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ ।नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम सम्बन्ध मा उतार चढाब आउन सक्छ । आफ्नो संवेग लाई नियन्त्रण गर्नु आवश्यक हुनेछ । बिद्यार्थीको पढाईमा विभिन्न बाधा एवं समस्याहरु देखिन सक्नेछन । चुनौतिहरु लाई पार लगाउँदै पढाईमा मन लगाउनु जरुरी छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
मकर राशिका लागि यो साता चन्द्रमाले तृतीय, चतुर्थ, पञ्चम, र षष्टम भावमा गोचर गर्नेछन । साताको शुरुमा तृतीय भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाइको साहस तथा पराक्रम उच्च रहनेछ । तपाईको बोली र व्यावहारमा सकारात्मक परिवर्तन हुनेछ एवं प्रभावकारीता समेत बढ्नेछ। आफ्ना भाई बहिनी सँगको सम्बन्ध प्रगाढ हुनेछ । उनिहरुबाट अप्ठ्यारो परिस्थितीमा साथ र सहयोग समेत प्राप्त हुनेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । सामाजिक क्षेत्रमा समेत तपाईको यो साता योगदान पुग्ने देखिन्छ । तपाईका बिरोधि हरुको मनोबल कमजोर हने देखिन्छ । विद्यार्थीको पढाईमा मन जानेछ । पारिवारिक सम्बन्धमा भने केही उतारचढाब हुन सक्नेछ । अनावश्यक विवादबाट बच्नु आवश्यक छ। यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।
यो साता चन्द्रमाले तपाईको द्धितीय, तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन । तपाईको बोलीमा प्रभावकारीता बढ्नेछ । समग्रमा तपाईको सञ्चार सिप थप मजबुत हुनेछ । धन स्थानमा चन्द्रमाको प्रभाव रहने हुनाले प्रशस्त धन आर्जन हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । बिशेषगरि बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार बाट बढि लाभ हुने देखिन्छ । पारिवारिक जिवन सुमधुर रहनेछ । दाजु भाई दिदी बहिनी का साथै कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुनेछ । यो साता मन प्रफुल्ल रहनेछ । केहि अप्ठ्यारो अवस्थामा जिवनसाथी को साथ र सहयोग प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा प्रतिकुल समय देखिन्छ । विभिन्न कारणबस पढाई विग्रन सक्नेछ । सचेत रहनुहोला । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।
यो साता चन्द्रमा ले तपाईको प्रथम, द्धितीय, तृतीय र चतूर्थ स्थानमा गोचर गर्नेछन । त्यसैगरि बुध र सुर्यले शिरमा गोचर गर्नेछन । समग्रमा मेष राशिका लागि यो साता शुभ रहेको छ । यो साता तपाईको शारिरिक तथा मानसिक स्वास्थ्य सबल रहनेछ । तपाईको निर्णय क्षमता पनि सबल रहनेछ । यो साता आत्म बिश्वास एवं आत्म सम्मान उच्च रहने छ । यो साता तपाईको बोलीमा मिठास देखिने छ भने विश्वसनियता समेत बढ्नेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारका सदस्य सँग गुणस्तरीय समय विताउनुहुनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तुलनात्मक शनिबार कमजोर दिन हरु रहेको देखिन्छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।