नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्ष बि० स० २०७६ साल असोज २१ गते बडा दशैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिकाअनुसार आउँदो असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेट टीकाको उत्तम साइत रहेको छ । यद्यपी उत्तम साइत १० बजेर ३५ मिनेटमा रहेको भए पनि साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने बताइएको छ ।यस वर्षको घटस्थापना असोज १२ गते परेको छ । असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको छ । यस्तै टीका अघि गरिने देवी विर्सजनको शुभ साइत असोज २१ गते मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा रहेको समितिले जानकारी दिएकाे छ ।