मंगलको कर्कट राशिमा गोचर | यि राशी लाई हुनेछ समस्या | Mangal Graha Gochar Nepali - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Thu Jun 3 Blog

मंगलको कर्कट राशिमा गोचर | यि राशी लाई हुनेछ समस्या | Mangal Graha Gochar Nepali

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

यहि जेठ १९ गते बाट असोज २५ गते सम्म मंगलको राशि परिवर्तन मिथुन बाट कन्या राशिमा हुनेछ ।
बि. सं. २०७८ जेठ १९ गते बाट करिब ४५ दिनका लागि मिथुन राशिबाट आफ्नो निच राशि कर्कट राशिमा प्रवेश गर्नेछन । यसबाट कुन राशि लाई शुभ वा अशुभ प्रभाव कस्तो पर्नेछ भनेर मंगलको गोचर बिश्लेषण गरि यो लेख तयार गरिएको छ ।
नव ग्रहमा मंगललाई सेनापती ग्रहको रुपमा लिईन्छ । मंगल बाट प्रभावित व्यक्ति साहसी, पराक्रमी तथा दृढ निश्चयी हुन्छन । मंगल शारिरिक उर्जा, आत्मविश्वास, अहंकार, क्रोध, विरता जस्ता गुँणको प्रतिनिधित्व गर्दछन साथै मंगल ले अग्नी तत्वको पनि प्रतिनिधित्व गर्छन । मंगल व्यक्तीको जन्मकुण्डली अनुसार राम्रो वा नराम्रो दुबै फल दिन सक्षम हुन्छन । अबको करिब डेढ महिना मंगल आफ्नो निच राशिमा गोचर गर्नेछन । निच राशिमा मंगल कमजोर हुन्छन। साथै शनि ग्रहको पनि पूर्ण सप्तम दृष्टि मंगल लाई हुनेछ । मंगल ग्रह कमजोर जातक लाई हुँदा रक्त संबन्धि समस्या, दुर्घटना तथा चोटपटक को सम्भावना समेत बढेर जानेछ ।

यो ४५ दिनको अवधिमा मंगलको कर्कट राशिमा गोचर ले कस्तो असर पर्नेछ । मेष देखि मिन राशि सम्म
१. मेष राशि – मेष राशिका लागि मंगलको गोचर चतुर्थ भावमा हुनेछ । यस भाव बाट माता, घरपरिवार, गृह निर्माण, बाहन सुख ईत्यादीका बारेमा बिचार गरिन्छ । मेष राशि लाई यो गोचर ले मिश्रित फल दिनेछ । माता पिताको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । जिवनसाथी सँगको सम्बन्धमा पनि समस्या देखिन सक्नेछ । कार्य स्थलमा पनि विवादहरु बढ्न सक्नेछ ।
२. वृष राशि – वृष राशिका लागि मंगलको गोचर तृतीय भावमा हुनेछ । चुनौती पूर्ण समय भएपनि तपाईको साहस तथा परााक्रम यथावत रहनेछ । तर धेरै चिन्ताले तपाईको स्वास्थ्यमा समस्या ल्याउन सक्नेछ । आफु भन्दा साना भाई बहीनी को स्वास्थ्यमा समेत देखिन सक्नेछ । तर कुनै प्रतिस्पर्धामा बिरोधी हरु लाई जित्न भने सक्नुहुनेछ । तर अनावश्यक विवाद बाट बच्नु शुभ हुनेछ ।
३. मिथुन राशि – मिथुन राशिका लागि मंगलको गोचर द्धितीय भावमा हुनेछ । द्धितीय भाव धन भाव एवं वाणीको भाव पनि मानिन्छ । आर्थीक बचत मा कमी हुनेछ । आम्दानीका स्रोत हरु घट्नेछन । यो समयमा अरुलाई रिण वा सापटी नदिनु उत्तम हुनेछ । अन्याथा पछि फिर्ता हुन समस्या हुनेछ । तपाईको बोलीमा पनि रुखोपना बढ्न सक्नेछ । आफ्नो बोलीका कारण कतिपय बन्न लागेका काम हरु पनि बिग्रन सक्नेछन । सचेत रहनुहोला ।

४. कर्कट राशि – कर्कट राशिका लागि मंगलको गोचर शिरमा हुनेछ । निच मंगल शिरमा बस्दा स्वास्थ्यमा समस्या बढ्नेछ । टाउको दुख्ने समस्या ले सताउन सक्नेछ । क्रोध एवं आवेगमा वृद्धि हुने हुनाले पारिवारिक सम्बन्धमा रुखोपना देखिन सक्नेछ । यो समयमा खराब संगतका कारण कुलतमा फस्ने एवं तपाईको सामाजिक ईज्जत प्रतिष्ठामा पनि आँच आउन सक्नेछ । जिवन साथी तथा घरपरिवारको सल्लाह लिएर महत्वपूर्ण कार्य गर्नु शुभ हुनेछ ।
५. सिंह राशि – सिंह राशिका लागि मंगलको गोचर व्यय भावमा हुनेछ । रिस, आवेग, घमण्ड र क्रोध बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ । शेयर बजार बाट नोक्सान हुनेछ । कुनै विवाद वा मुद्दाको सामना गर्ने अवस्था आउनेछ । खर्चमा वृद्धि हुनेछ । वैवाहिक सम्बन्ध मा उताचढाव आउनेछ ।
६. कन्या राशि – कन्या राशिका लागि मंगलको गोचर लाभ स्थानमा हुनेछ । अचानक लाभका अवसरहरु आउनेछन । यो समयमा कुनै काम बदल्ने सोच नगर्नु शुभ हुनेछ । अन्यथा समस्या झन बढ्नेछ । प्रम सम्बन्धमा बेमनस्यता बढ्नेछ । सन्तानको स्वास्थ्यमा समेत बाधा हुन सक्नेछ । आफ्ना साथीभाई सँग ईमान्दार भएर व्यवहार गर्नु आवश्यक देखिन्छ ।

७. तुला राशि – तुला राशिका लागि मंगलको गोचर दशम भावमा हुनेछ । नोकरी एवं व्यापार मा उतारचढाव आउनेछ । घरपरिवारमा वादविवाद को अवस्था बढ्नेछ । स्वभावमा उग्रता बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । प्रेम मा बाधा र अड्चन देखिनेछ ।
८. बृश्चिक राशि – तपाईका लागि मंगलको गोचर लाभ स्थानमा हुनेछ । स्वास्थ्य अवस्थामा सुधार हुनेछ । परिश्रम राम्रो गर्नु भएका ग्रहले साथ दिनेछ । बृश्चिक राशिका लागि मंगलको यो गोचर सकारात्मक रहने देखिन्छ ।
९. धनु राशि – धनु राशिका लागि मंगलको गोचर अष्टम भावमा हुनेछ । रोग भावमा मंगलको गोचर अनिष्ट दायक हुन सक्नेछ । सवारी साधनमा यात्रा गर्दा सचेत रहनुहोला । यो अवधिमा चोटपटक लाग्ने सम्भावना छ । तपाईको विचार को अरुले गलत अर्थ लगाउँदा खिन्नता बढ्नेछ । पिताको स्वास्थ्यमा समस्या आउनेछ । पतिपत्नी बीच पनि मनमुटाव बढ्नेछ ।
१०. मकर राशि – मकर राशीका लागि मंगलको गोचर सप्तम भावमा हुनेछ । सप्तम भाव सहकार्य एवं साझेदारीको भाव हो। यस भावमा निच मंगल बस्दा साझेदारीका कार्यमा विवाद बढ्नेछ । क्रोध, आवेग एवं घमण्डका कारण पतिपत्नी विचको सम्बन्धमा तनाव बढ्नेछ । प्रेम जिवन पनि निरस रहनेछ ।

११. कुम्भ राशि – कुम्भ राशिका लागि मंगलको गोचर छैठौं भावमा हुनेछ । यो अवधिमा रोग र शत्रु सँग लड्ने क्षमता बढ्नेछ । तपाईको प्रतिपर्धात्मक क्षमतामा बृद्धि हुनेछ। राजनितीक एवं सामाजिक क्षेत्र बाट लाभ मिल्नेछ । कार्य क्षेत्रमा तपाईको कार्यक्षमतामा बृद्धी हुनेछ । पारीवारिक सम्बन्ध सामान्य रहनेछ । जिवन साथीको स्वास्थ्यमा समस्या एवं अचानक खर्च बृद्धि हुनेछ ।
१२. मिन राशि – मिन राशिका लागि निच मंगलको गोचर पञ्चम भावमा हुनेछ । पञ्चम भावबाट विद्या, बुद्धि र सन्तान सम्बन्धि जानकारी हेरिन्छ । नोकरी एवं पेशा बाट लाभ मिल्नेछ । आम्दानीमा पनि बृद्धि हुनेछ । प्रतिस्पर्धात्मक एवं प्रवेश परिक्षामा तपाईको हडबडाहट का कारण बिग्रन सक्नेछ । सचेत रहनुहोला । तपाईको बच्चाको स्वास्थ्यमा समेत समस्या भएर चिन्ता बढ्नेछ ।
निच मंगल गोचर को खराब प्रभाव बाट बच्न । आफ्ना भाई बहिनीको राम्रो हेर बिचार गर्ने, रातो कपडा वा मिठाई गरिब दुखी लाई दान गर्ने । भगवान श्री गणेशको मन्त्र पाठ वा श्रवण गर्ने वा पुजा आराधना गर्नु शुभ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस
तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस

महत्त्वपूर्ण लेखहरू

राशिफल

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस