यो साता पर्ने मुख्य शुभ पर्व तथा दिनहरु
साउन २५ गते – विश्व आदिवासी दिवस, शिववास, रुद्रिपुजा र अग्नीवास होमादीकार्य जुरेको दिन छ ।
साउन २६ गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन।
साउन २७ गते – श्रीकृष्ण जन्माष्टमी व्रत, मोहरात्री, गोरखकाली पुजा, राधाकृष्ण रथ यात्रा को दिन रहेको छ।
साउन २८ गते – हिले जात्रा, डोटी सिलगढीमा मष्टाजात, शिववास रुद्रिपुजा र अग्नीवास होमादीकार्य जुरेको दिन छ ।
साउन २९ गते – गुँगा नवमी, दोकान खोल्न वा नयाँ व्यापार व्यावसायका लागि मुहूर्त जुरेको दिन छ ।
साउन ३० गते – कुनै महतत्वपूर्ण दिन वा पर्व परेको छैन ।
साउन ३१ गते – अजा एकादशी व्रत, रुद्रिपुजा शिववास जुरेको दिन छ ।
यो साता ग्रह गोचर अनुसार तयार गरिएको साप्ताहिक राशिफल । कस्तो रहने छ त? तपाइको यो साता?
मेष राशिका लागि साता आईतबार अनावाश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर सोमबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। मंगलबार र बुधवार तपाईका लागि विशेष दिन रहेका छन। आफ्ना नातेदार सँग रमाइलो कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
वृष राशिका लागि यो साता को शुरुवातको दिन आईतबार लाभ स्थानमा चन्द्रमा को गोचर रहने हुनाले व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । सोमबार र मंगलबार र भने विना अर्थका यात्राहरु हुन सक्नेछन। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । तर बुधबार देखि भने चन्द्रमाको गोचर शिरमा रहने हुनाले दिनहरु शुभ रहनेछन । परिवार मा मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।
साताको शुरुमा चन्द्रमा को गोचर कर्म भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । तर साताको उत्तरार्ध दिनहरु भने केहि कमजोर देखिए पनि समग्रमा हेर्दा साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
– कर्कट राशिका लागि यो साता शुभ रहेको छ । नवम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यावसाय बाट आर्थीक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । जसले मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा सामान्य समस्या हरु देखिन सक्नेछन । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। तुलनात्मक रुपमा शुक्रबार र शनिबार भने कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि आफ्ना कुल पित्रीहको आराधना गर्नु उत्तम हुनेछ ।
सिंह राशिका लागि साता मिश्रित रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने। खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधिहरुले शिर उठाउन सक्नेछन । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । तर सोमबार देखि भने दिनहरु शुभ रहनेछन । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा सहित पारिवारिक भ्रमण मा गएर रमाइलो वातावरण कायम हुन सक्नेछ । विद्यार्थीको पढाई मन जानेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान सुर्य लाई जल चढाउनु एवं सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।
साताको शुरुमा सप्तम भाव मा चन्द्रमाको प्रभाव रहने हुनाले आत्मबिश्वास एवं आत्मसम्मान उच्च रहनेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । यो साता गरगहना, डिजायन तथा डेकोरेशन सँग सम्बन्धित बस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुने देखिन्छ । आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि गरिब दुखिलाई हरियो कपडा दान गर्नु शुभ हुनेछ ।
तुला राशिका लागि यो साता शुभ रहेको छ । मुखमा बृहस्पतिको प्रभावले गर्दा तपाईको बोलीमा विश्वसनीयता बढ्नेछ। आर्थीक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोग ले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यावसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्य तिर भने आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन । बिद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साता तुलनात्मक रुपमा सोमबार र मंगलबार कमजोर दिन रहेका छन । अध्ययनमा मन लाग्ने र पढेको कुरा याद हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
बृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमता को उच्च कदर हुनेछ। आर्थीक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यावसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्नो प्रेमी सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । शुक्रबार र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
धनु राशिका लागि यो साता मिश्रीत रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा बाधा आउन सक्नेछ । तर सोमबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । बिशेष गरि अन्न तथा फर्नीचर सम्बन्धि कारोबार बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ । विदेश यात्राको योग छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
मकर राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ ।नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्याथीृको पढाई सकारात्मक रहनेछ सोमबार र मंगलबारे तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
कुम्भ राशिका लागि यो साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । आफ्ना दाजु भाईको साथ र सहयोग बाट व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । बुधबार र विहिबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन । सचेत रहनुहोला । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।
– मिन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै शिरमा चन्द्रमाको प्रभाव रहने हुनाले मान प्रतिष्ठा बढ्ने साता रहनेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रमा मा सरिक हुने अवसर जुट्नेछ । त्यसैगरि आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । आफुले सोचे जस्तो अंक हाँसील गर्न सक्नु हुनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।