मेष राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर लाभ स्थानमा रहने हुनाले तपाँइका लागि यो साता महत्वपुर्ण हुने देखिन्छ । धन आर्जन हुने र खर्चको मात्रा पनि घट्ने देखिन्छ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्र सँग सम्बन्धित कारोबार बाट प्रशस्त लाभ हुनेछ । आफ्नो माता पिता को आशिर्वाद एवं मार्गदर्शन लिएर कुनै पनि कार्य को शुरुवात गर्नु भएमा सफलता प्राप्त हुनेछ । यसले परिवार मा आपसी सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो प्रेमि सँग कुनै नयाँ ठाउँमा भ्रमण का लागि जाने योग छ । सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । विशेष गरि आर्थिक कारोबार मा गिरावट आउन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।
वृष राशिका लागि यो साता शुभ रहने देखिन्छ । साताको शुरुवातमा चन्द्रमाको गोचर कर्म स्थानमा चन्द्रमा को गोचर रहने हुनाले प्रभावशाली हुनेछ । विशेष गरि नोकरी तथा व्यापार व्यावसाय का क्षेत्रमा सफलता मिल्नेछ । अधुरा रहेका कार्यहरु पुरा हुनेछन । कुनै पनि कार्यमा तपाई को आत्मविश्वास उच्च रहनेछ । यो साता कृषि जन्य उत्पादन, तरल पदार्थ हरु जस्तै दुध, फलफुल जस्ता पेय पदार्थको कारोबार बढि फाईदाजनक देखिन्छ । यो साता प्रेम तथा पारिवारिक जिवन उत्तम रहनेछ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रतियोगितात्मक परिक्षामा सफलता मिल्नेछ । शनिबार भने तुलानात्मक रुपमा कमजोर दिन रहेको छ । शनिबार का दिन कुनैपनि महत्व पुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ नम शिवाय मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।
मिथुन राशिका लागि यो साता शुरुमा भाग्य स्थानमा चन्द्रमा को गोचर रहने हुनाले आध्यात्मिक एवं सामाजिक कार्यमा मन जानेछ । तर क्षिण चन्द्रमाको प्रभावले कतिपय व्यत्तिले तपाईको आत्मबल कमजोर पार्न जालझेल गर्न सक्नेछन । नयाँ व्यक्तित्वहरु सँग परिचय हुने अवसर जुट्नेछ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । साथिभाईको साथ र सहयोग ले मन प्रसन्न रहनेछ । प्रिय मित्रहरु सँग भेट गरि रमाइला पलहरु बिताउन सक्नुहुनेछ । यो साता आम्दानी बढ्नेछ । परिवार मा मेल मिलाप र शान्ति कायम हुनेछ । विद्यार्थीका लागि हेर्दा आफुलाई समस्या भएको विषयमा साथि बाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी जय महाँकाली मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।
यो साता कर्कट राशिका व्यक्तिका लागि शुभ रहनेछ । पारिवारिक जिवन उत्तम रहनेछ । विशेषगरि आफ्नो जिवन साथि सँग महत्वपुर्ण विषयमा छलफल हुने छ भने घनिष्ठता अझै बढ्नेछ । यो साता कुनै नयाँ योजना बनाई लागु गर्न सक्नुहुनेछ । आर्थिक अवस्था सबल रहनेछ । अचानक आम्दानीको क्षेत्र देखा पर्नेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्नो परिवार बाट सानो सानो कुरामा पनि चासो र सहयोग रहनेछ । तुलनात्मक रुपमा साताको शुरुवातको दिन आईतबार भने कमजोर दिन रहने देखिन्छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ विष्णवे नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।
सिंह राशिका लागि यो साता मिश्रित रहनेछ । आर्थिक अवस्था मा उतारचढाव रहनेछ । व्यापार व्यावसायमा प्रतिस्पर्धिहरु नै बलवान देखिने छन। उनिहरु सँग प्रतिस्पर्धा गर्न गर्न सहि योजना का साथ निरन्तर परिश्रम आवश्यक देखिन्छ । बिरोधि हरुले तपाईका विरुद्ध षडयन्त्र रच्न सक्नेछन । तर परिवारको साथ र सहयोग ले आत्मविश्वास भने कायम नै रहने छ । परिवार मा मेलमिलाप र एकता कायम हुनेछ । प्रेमीहरुका लागि यो साता मिश्रित रहनेछ सामान्य विवाद पर्न सक्नेछ । अध्ययन कार्य सफल रहनेछ । बुधबार देखि साताको अन्त्य तिरका दिनहरु शुभ रहनेछन । सोमबार र मंगलबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ बृम बृहस्पतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।
कन्या राशि लाई यो शाता शुभ रहेको छ । कुनै नयाँ योजना बनाई अगाडी बढ्न सक्नुहुनेछ । तपाईको बौद्धिकता को उच्च कदर हुनेछ । आम्दानीका नयाँ स्रोत हरु देखिनेछन । त्यसैले आर्थिक अवस्था सबल रहनेछ । नयाँ क्षेत्रमा कार्य गर्ने अवसर जुट्नेछ । साथिभाई एवं परिवार सँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ । विद्यार्थीको पढाई मा सफलता प्राप्त हुने साता रहनेछ । बिशेष गरि बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिन रहनेछन । यि दिनहरुमा अनावश्यक खर्च बढ्ने र स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी श्री गणेशाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।
तुला राशिका लागि यो साता मिश्रित रहने देखिन्छ। सन्तान बाट सुख प्राप्त हुनेछ । कार्यस्थलमा सहकर्मी बिच सद्भाव र सहयोग आदान प्रदान हुनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । यो साता साग सब्जि तथा तरल पदार्थ सँग सम्बन्धि कारोबार बाट बढि लाभ हुने देखिन्छ। प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई कमजोर हुनाले विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । आफ्नो स्वास्थ्य कमजोर हुने एवं मातापिताको स्वास्थ्यमा समेत समस्या देखिन सक्नेछ । आफ्नो खान पान र आहार विहार मा विशेष ध्यान दिनु होला । यो साता तुलनात्मक रुपमा शनिबार भने कमजोर दिन रहनेछ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ कुल देवताय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।
बृश्चिक राशिका लागि यो साता शुरुवातको दिन आईतबार कमजोर दिन रहे पनि साताका अन्य दिनहरु शुभ रहनेछन । नयाँ परिवेशमा कार्य गर्ने अवसर जुट्नेछ । नयाँ व्यक्तित्व सँग परचय भई घनिष्ठता बढ्न सक्नेछ । साथीभाई सँग कुनै रमाईलो यात्रामा जाने योग छ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । यो साता ईज्जत र प्रतिष्ठा बढनेछ । विद्यार्थीको पढाईमा यो साता महत्वपुर्ण सुधार हुने देखिन्छ । आफ्ना प्रतिस्पर्धिलाई राम्रो अंक ल्याएर जित्न सक्नुहुनेछ । यो साता व्यापार व्यावसाय मा प्रतिफल युक्त साता रहनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ वासुदेवाय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।
धनु राशिका लागि यो साता उत्तम रहेको छ । सामाजिक एवं बौद्धिक क्रियाकलाप बाट तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि आफ्ना सन्तान एवं आफु भन्दा कनिष्ठ व्यक्तिको साथ र सल्लाह महत्वपुर्ण सावित हुनेछ । साझेदारीका कामर्य बाट मनग्ये आम्दानी हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । साथि भाई बाट उचित सहयोग प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्ना मान्छे सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । तुलनात्मक रुपमा सोमबार र मंगलबार भने कमजोर दिनहरु रहनेछन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी श्री गणेशाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।
साताको शुरुवातमा चन्द्रमाको गोचर धन स्थानमा रहने हुनाले बोलीको प्रभाव बढ्ने एवं प्रशस्त धन आर्जन हुने साता रहनेछ । उच्च पदस्थ व्यक्तित्वले तपाँइको प्रशंसा गर्नेछन । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । विशेष गरि सौन्दर्य सँग सम्बन्धित सामाग्रीको व्यापार व्यावसाय बाट उचित मुनाफा आर्जन हुनेछ । परिवार मा मेलमिलाप कायम रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । अध्ययन कार्यमा गुरु वर्ग एवं आफ्ना साथीको सहयोग प्राप्त हुनेछ । समग्रमा शुभ भएपनि आत्मविश्वास बढि भएर अरु ले घपण्डी भन्न सक्नेछन । आफ्नो बोली र व्यावहार मा सजग रहनुहोला । शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ सोम सोमाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।
यो साता तपाँईको साताको शुरुवात शिरमा चन्द्रमाको गोचर बाट हुनेछ जसले गर्दा यो साता शुभ समय रहनेछ । आत्मबिश्वास एवं आत्म सम्मान उच्च रहनेछ । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ ।आर्थीक अवस्था सबल रहनेछ । सब्जी तथा कृषि सम्बन्धि सामाग्रीको व्यापार व्यावसाय बढि लाभदायक हुनेछ । । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । कुनै नयाँ कार्यको शुरुवात गर्न सक्नुहुनेछ । विद्यार्थिको पढाईमा मन जानेछ । यो साता तुलनात्मक रुपमा तपाईका लागि शनिबार भने कमजोर दिन रहेको छ । यो दिनमा कुनै पनि महत्वपूर्ण कार्यको शुरुवात नगर्न उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी लक्ष्मीमाताको को पुजा आराधना गर्नु शुभ हुनेछ ।
मिन राशिका लागि यो साता शुरुवातको दिन आईतबार कमजोर दिन रहेपनि अन्य दिनहरु भने उत्तम रहेका छन । यो साता नोकरी मा सफलता मिल्नेछ । सहकर्मी साथि सँग रमाईलो वातावरण मा कार्य गर्ने अवसर जुट्नेछ । यो साता बौद्धिक क्रियाकलाप बाट ईज्जत र प्रतिष्ठा प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोतहरु देखापर्नेछन । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्ना सुख दुखका क्षणहरु मा प्रेमिको साथ रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।