वर्षको पहिलो सुर्य ग्रहण यहि मिती २०७८ जेठ २७ गते बिहिबार | वृष राशि हुने व्यक्ति लाई बढि कष्ट हुन सक्नेछ | Surya Grahan 2078 Nepali | Solar Eclipse 2021
Tue Jun 8
वर्षको पहिलो सुर्य ग्रहण यहि मिती २०७८ जेठ २७ गते बिहिबार | वृष राशि हुने व्यक्ति लाई बढि कष्ट हुन सक्नेछ | Surya Grahan 2078 Nepali | Solar Eclipse 2021
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
सुर्य ग्रहण बि. सं २०७८ जेठ २७ गते बिहिबार सन २०२१ जुन १० तारिक
वर्षको पहिलो सुर्य ग्रहण यहि मिती २०७८ जेठ २७ गते बिहिबार देखिनेछ । सुर्य र पृथ्वीको बिचमा चन्द्रमा आएमा सुर्य ग्रहण लाग्दछ । ग्रहण को शुरुवात नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेट देखि ६ बजेर ५६ मिनेट सम्म खण्डग्रास सुर्य ग्रहण लाग्नेछन । यो ग्रहणको अवधि करिब ५ घण्टाको हुनेछ । ग्रहणको सुतक ग्रहणको शुरुवात भन्दा ९ घण्टा अगाडी बाट शुरु हुनेछ । ग्रहणको अवधिमा सुर्यको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्रमा बिचमा पर्दा सुर्यको वरिपरिको भाग घेरा लागेर देखिनेछ । यसलाई आगोको घेरा भनिन्छ । यो ग्रहण उत्तर अमेरिकी देशहरु, युरोप का विभिन्न देशहरु, उत्तर एशियाली देशहरु , दक्षिण अफ्रिका र अष्ट्रेलीया बाट समेत देखिनेछ । बिशेष गरि क्यानाडा, ग्रिनल्याण्ड र रुस बाट पुर्ण सुर्य ग्रहण देख्न सकिनेछ । शाश्त्रीय मान्यता अनुसार यो सुर्य ग्रहण वृष राशिमा लाग्ने हुनाले वृष राशि हुने व्यक्ति लाई बढि कष्ट हुन सक्नेछ । स्वास्थ्यमा समस्या, धन हानी र व्यर्थ खर्च र चिन्ता बढ्न सक्नेछ । मेष, सिंह, तुला र मकर राशि लाई आर्थीक समस्या बढ्न सक्नेछ । लगानी गर्दा वा सापटी दिंदा बिशेष सावधानी अपनाउनु शुभ हुनेछ । वृष, कर्कट, कन्या र कुम्भ राशिलाई स्वास्थ्यमा समस्या देखिन सक्नेछ । मिथुन, बृश्चिक, धनु र मिनलाई नोकरी तथा पेशा सँग सम्बन्धित समस्या देखिन सक्छ । सचेत रहनुहोला ।
ग्रहण लागेको बेला गर्न नहुने कार्य
१। ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुदैन ।
२। ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नु हुदैन ।
३। ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित रहेको छ ।
४। ग्रहण अवधिभरी कुनै पनि देवि देवताको मुर्ति, तुलसि, शालिग्रामलाई छुनु हुदैन ।
५। ग्रहणको अवधिभरी बिरामि र अशक्त बाहेकले सुत्नुहुदैन ।
६। ग्रहण लागेको बेला कोहिसंग झगडा गर्नु हुदैन ।
७। ग्रहण अवधिभर कसैसंग झुटो बोल्ने वा कुनै वाचा गर्नुहुदैन ।
८। ग्रहण अवधिभरी गर्भवती महिला घरबाट बाहिर निस्कनु हुदैन ।
९। ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष्ँ आ“खाले हेर्नु हुदैन । ग्रहण हेर्न मिल्ने चस्मा लगाउनु उत्तम हुन्छ ।
१०। ग्रहण अवधिमा चक्कु, छुरी वा धारीलो हतियारको प्रयोग गर्नु हुदैन ।
११। ग्रहण अवधिमा पूजा गर्नु हुदैन ।
१२। ग्रहण अवधिमा नुहाउनु समेत हुदैन । यसलाई अशुभ मानिन्छ ।
ग्रहण लागेको बेला के गर्ने ?
१। ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।
२। ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।
३। ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।
४। ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।
नेपाल बाट यो सुर्य ग्रहण देखिंदैन त्यसकारण यहा केहि असर गर्दैन र बार्नु पनि पर्दैन । उल्लेखित देशहरु जहाँ बाट ग्रहण देखिन्छ त्यो ठाउँमा बसोबास गर्ने नेपालीहरुले आफ्नो संस्कृती अनुसार सचेत रहनु उत्तम हुनेछ ।