da Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल साउन ६ गते मंगलबार Aajako Rashifal 2020 July 21

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन ६ गते मंगलबार
आजको राशिफल बि.सं.२०७७ साल साउन ६ गते मंगलबार ई. सं. २०२० जुलाइ २१, नेपाल सम्बत ११४० दिल्लागा पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल प्रतिपदा, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वज्र योग, किंस्तुध्न करण । नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ७ ः ० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २८ मिनेट देखि १ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।