ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन ७ गते बुधबार
आजको राशिफल बि.सं.२०७७ साल साउन ७ गते बुधबार ई. सं. २०२० जुलाइ २२, नेपाल सम्बत ११४० गुल्लाथ्व द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल द्धितीया, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्धि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ६ ः ५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २२ मिनेट देखि ८ बजेर ४६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।