daily rashifal 2020 december 11 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल मंसिर २६ गते शुक्रबार Aajako Rashifal 2020 December 11

आजको राशिफल बि.सं. २०७७ साल मंसिर २६ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल मंसिर २६ गते शुक्रबार ई. सं. २०२० डिसेम्वर ११ नेपाल सम्बत ११४१ कछलागा एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण एकादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र ९ः६ सम्म त्यसपछि स्वाती नक्षत्र , शोभान योग ४ः६ सम्म त्यसपछि अतिगंड योग, बालव करण १०ः२५ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः४५ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज उत्पतिका एकादशी व्रत तथा अन्तर्राष्ट्रिय पर्वत दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजरे ३ मिनेट देखि १० बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।