ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल मंसिर २८ गते आईतबार ई. सं. २०२० डिसेम्वर १३ नेपाल सम्बत ११४१ कछलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र १ः५६ सम्म त्यसपछि ज्येष्ठा नक्षत्र , सुकर्मा योग ८ः३० सम्म त्यसपछि शूल योग, विष्टि÷भद्रा करण २ः३६ सम्म त्यसपछि चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज बाला चतुर्दशी व्रत÷ परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजरे २२ मिनेट देखि ११ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।