daily rashifal 2020 December 15 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल मंसिर ३० गते मंगलबार Aajako Rashifal 2020 December 15

आजको राशिफल बि.सं. २०७७ साल मंसिर ३० गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल मंसिर ३० गते मंगलबार ई. सं. २०२० डिसेम्वर १५ नेपाल सम्बत ११४१ थिंलाथ्व पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल प्रतिपदा, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र ९ः४७ सम्म त्यसपछि पूर्वषाढा नक्षत्र , गण्डयोग ९ः४५ सम्म त्यसपछि वृद्धि योग, किंस्तुध्न करण ८ः४५ सम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः४७ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजरे ४१ मिनेट देखि १ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।