daily rashifal 2020 december 18 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल पुष ३ गते शुक्रबार Aajako Rashifal 2020 December 18

आजको राशिफल बि.सं. २०७७ साल पुष ३ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष ३गते शुक्रबार ई. सं. २०२० डिसेम्वर १८ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल चतुर्थी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र ७ः२० सम्म त्यसपछि धनिष्ठा नक्षत्र , व्यागात योग ४ः१७ सम्म त्यसपछि हर्षण योग, विष्टि÷भद्रा करण ३ः३७ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः४९ बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तराष्ट्रिय आप्रवासी दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ७ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।