daily rashifal 2020 december 2 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल मंसिर १७ गते बुधबार Aajako Rashifal 2020 December 2

आजको राशिफल बि.सं. २०७७ साल मंसिर १७ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल मंसिर १७ गते बुधबार ई. सं. २०२० डिसेम्वर २ नेपाल सम्बत ११४१ कछलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण द्धितीया, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र १०ः४९ सम्म त्यसपछि आद्र्रा , साध्य योग ११ः२३ सम्म त्यसपछि, शुभ योग , गर करण ६ः३६ सम्म त्यसपछि वणिज करण हुनेछ । नेपालमा सूर्योदय बिहान ०६ः३८ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ३८ मिनेट देखि ९ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।