ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल पुष ५ गते आईतबार ई. सं. २०२० डिसेम्वर २० नेपाल सम्बत ११४१ थिंलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल षष्ठी, चन्द्रमा कुम्भ राशिमा, शतभिशा नक्षत्र ९ः.१६ सम्म त्यसपछि पूर्वभाद्र नक्षत्र , वज्र योग १२ः१५ सम्म त्यसपछि सिद्धि योग, तैतल करण ३ः११ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै पनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २६ मिनेट देखि १ बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।