daily rashifal 2020 december 8 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल मंसिर २३ गते मंगलबार Aajako Rashifal 2020 December 8

आजको राशिफल बि.सं. २०७७ साल मंसिर २३ गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल मंसिर २३ गते मंगलबार ई. सं. २०२० डिसेम्वर ८ नेपाल सम्बत ११४१ कछलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्ण अष्टमी, चन्द्रमा सिंह राशिमा ७ः५१ सम्म त्यसपछि कन्या राशिमा, पूर्व फाल्गुनी नक्षत्र २ः८ सम्म त्यसपछि उत्तर फाल्गुनी नक्षत्र , प्रीति योग १ः५९ सम्म त्यसपछि आयुष्मान योग, कौलव करण ५ः४१ सम्म त्यसपछि गर करण। नेपालमा सूर्योदय बिहान ०६ः४३ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तर्राष्ट्रिय उड्यन दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजरे ३८ मिनेट देखि १ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।