daily rashifal 2020 july 24 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल साउन ९ गते शुक्रबार Aajako Rashifal 2020 July 24

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल साउन ९ गते शुक्रबार
आजको राशिफल बि.सं.२०७७ साल साउन ९ गते शुक्रबार ई. सं. २०२० जुलाइ २४, नेपाल सम्बत ११४० गुल्लाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल चतुर्थी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, वरियन योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः२३ बजे, सूर्यास्त साँझ ६ ः ५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ५ मिनेट देखि १० बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।