daily rashifal 2020 june 12 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ ३० गते शुक्रबार Aajako Rashifal 2020 June 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल जेष्ठ ३० गते शुक्रबार
आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ ३० गते शुक्रबार ई. सं. २०२० जुन १२, नेपाल सम्बत ११४० तछलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण सप्तमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, विषकुम्भ योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजे ५२ मिनेट देखि १० बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।