daily rashifal 2020 may 28 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ १५ गते बिहिबार Aajako Rashifal 2020 May 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७७ साल जेष्ठ १५ गते बिहिबार
आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ १५ गते बिहिबार ई. सं. २०२० मे २८, नेपाल सम्बत ११४० तछलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ शुक्ल षष्ठी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, धु्रब योग, कौलब करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०६ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १२ बजेर १ मिनेट देखि ३ बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।