daily rashifal 2020 november 12 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक २७ गते बिहिबार Aajako Rashifal 2020 November 12

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक २७ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल कार्तिक २७ गते बिहिबार ई. सं. २०२० नोभेम्वर १२ नेपाल सम्बत ११४० कौलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण द्धादशी , चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, विषकुम्भ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः२३ बजे, सूर्यास्त साँझ ५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे २२ मिनेट देखि ७ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।