daily rashifal 2020 november 13 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक २८ गते शुक्रबार Aajako Rashifal 2020 November 13

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक २८ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल कार्तिक २८ गते शुक्रबार ई. सं. २०२० नोभेम्वर १३ नेपाल सम्बत ११४० कौलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण त्रयोदशी , चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, प्रीती योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः२४ बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज काग तिहार वा धन त्रयोदशी व्रत परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजरे ४५ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।