daily rashifal 2020 november 2 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक १७ गते सोमबार Aajako Rashifal 2020 November 2

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक १७ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल कार्तिक १७ गते सोमबार ई. सं. २०२० नोभेम्वर २ नेपाल सम्बत ११४० कौलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण द्धितीया , चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः१६ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे १६ मिनेट देखि ७ बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।