daily rashifal 2020 november 25 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल मंसिर १० गते बुधबार Aajako Rashifal 2020 November 25

आजको राशिफल बि.सं. २०७७ साल मंसिर १० गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल मंसिर १० गते बुधबार ई. सं. २०२० नोभेम्वर २५ नेपाल सम्बत ११४१ कछलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल एकादशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वज्र योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः३३ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ३२ मिनेट देखि ९ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।