daily rashifal 2020 november 30 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल मंसिर १५ गते सोमबार Aajako Rashifal 2020 November 30

आजको राशिफल बि.सं. २०७७ साल मंसिर १५ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल मंसिर १५ गते सोमबार ई. सं. २०२० नोभेम्वर ३० नेपाल सम्बत ११४१ कछलाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल पूर्णिमा, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शिव योग १०ः५६ सम्म त्यसपछि सिद्ध योग, बव करण ३ः१६ मिनेटसम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज चतुर्मास व्रत समाप्ति÷कार्तिक स्नान समाप्ति परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ३७ मिनेट देखि ७ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।