daily rashifal 2020 october 24 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक ८ गते शनिबार Aajako Rashifal 2020 October 24

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक ८ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल कार्तिक ८ गते शनिबार ई. सं. २०२० अक्टुवर २४, नेपाल सम्बत ११४० असोज शुक्ल अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल अष्टमी , चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शूल योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः१० बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज महाअष्टमी व्रत र विश्व सूचना दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३४ मिनेट देखि ८ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।