आजको राशिफल बि.सं. २०७७ साल कार्तिक ११ गते मंगलबार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल कार्तिक ११ गते मगलबार ई. सं. २०२० अक्टुवर २७ नेपाल सम्बत ११४० कौलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल एकादशी , चन्द्रमा कुम्भ राशिमा, शतभिषाा नक्षत्र, वृद्धि योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः१२ बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज पापांकुश एकादशी परेको छ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि १ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।