ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल माघ २० गते मंगलबार ई. सं. २०२१ फेब्रुअरी २ नेपाल सम्बत ११४१ पोहेलागा पंचमी , प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण पंचमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र १०ः४८ सम्म त्यसपछि चित्रा नक्षत्र, सुकर्म योग ७ः४ सम्म त्यसपछि शूल योग, तैतल करण ४ः१७ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व सिमसार दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५६ मिनेट देखि १ बजेर ४० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।