ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १ गते शुक्रबार ई.सं २०२५ मार्च १४ नेपाल सम्बत ११४५ चिल्लाथ्व पुन्हि, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, फाल्गुण शुक्ल पूर्णिमा, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, शूल योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ०६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १४ मिनेट देखि ७ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज फागु पुर्णिमा (तराइमा होली), मीन संक्रान्ति, विश्व उपभोक्ता दिवस रहेको छ ।