ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र २१ गते बिहिबार ई.सं २०२५ अप्रिल ३ नेपाल सम्बत ११४५ चिल्लाथ्व षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल षष्ठी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, सौभाग्य योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५२ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर २२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ५२ मिनेट देखि ७ बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।