यो साता चन्द्रमा ले तपाईको अष्टम, नवम, र दशम स्थानमा गोचर गर्नेछन । समग्रमा मेष राशिका लागि यो साता मिश्रित रहेको छ । व्यर्थमा मानसिक चिन्ता बढ्न सक्नेछ । स्वास्थ्य कमजोर हुने एवं नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । बुधबार देखि चन्द्रमाको गोचर भाग्य स्थानमा हुने हुनाले अवस्थामा सुधार हुनेछ । धार्मीक एवं सामाजिक कार्यमा तपाईको रुचि बढ्नेछ । विवाहित व्यक्तिलाई ससुराली पक्ष बाट सहयोग प्राप्त हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ ।धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि सकारात्मक रहनेछ। परिवारमा सामान्य विवादहरु देखिन सक्नेछन तर सरकारी क्षेत्र सँग सम्बन्धित काम मा भने तपाई लाई ग्रहले साथ दिनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तुलनात्मक रुपमा आईतबार र सोमबार भने कमजोर दिन हरु रहेका छन। यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
यो साता चन्द्रमाले तपाईको सप्तम स्थान, अष्टम, र नवम भावको गोचर गर्नेछन । तपाईका लागि साताको शुरुवात का दिन मा साझेदारी का कार्य बाट उचित मुनाफा आर्जन हुनेछ । तपाईको सामाजिक दायरा फराकिलो बन्दै जानेछ । भोग विलास एवं विपरित लिंगी साथीका लाखि खर्च बढ्नेछ । मंगलबा र बुधबार अष्टम भावमा चन्द्रमाको गोचर का कारण वाद विवाद मा पर्न सकिनेछ । आफ्नो बोली र व्यावहारमा संयमता अपनाउनु होला । अन्य दिनहरु भने शुभ रहेका छन । धन लाभ हुनेछ ।सरकारी क्षेत्रबाट साथ र सहयोग मिल्न सक्नेछ । आफ्ना साथीभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । परिवार मा मेल मिलाप हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।
यो साता चन्द्रमाको गोचर तपाईका लागि षष्टम, सप्तम , र अष्टम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता मिश्रित रहेको छ । तपाईका विरोधिहरु पछि पर्नेछन । तपाईको कार्य क्षमता घट्न सक्नेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशिल भएर कार्य गर्न कठिन हुने देखिन्छ । तर मंगलबार, बुधबार र बिहिबार भने तपाईका लागि सबल रहेका छन । समाजका लब्ध प्रतिश्ठित व्यक्तित्वहरु सँग चिनजान हुने अवसर जुट्नेछ। नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । यो साता कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुन सक्नेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । शुक्रबार र शनिबार भने स्वास्थ्य कमजोर हुने एवं धनखर्च बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
यो साता चन्द्रमाको गोचर तपाईका लागि पञ्चम , षष्टम र सप्तम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता सबल रहनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईको मन जानेछ । उच्च स्तरकमा बौद्धिक व्यक्तित्वहरु सँग सहकार्य गर्न अवसर जुट्नेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । आमाको स्वास्थ्यमा सुधार हुनेछ । व्यापार व्यावसाय बाट आर्थीक अवस्था मिश्रित रहने देखिन्छ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा सामान्य समस्या हरु देखिन सक्नेछन । जिवनसाथी बाट भने सुखदुखमा राम्रो साथ र सहयोग प्राप्त हुनेछ। विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ।। यो साता ग्रहको शुभ प्रभावका लागि आफ्ना कुल पित्रीहको सम्झनामा गरिब दुखी लाई दान दिनु उत्तम हुनेछ ।
यो साता चन्द्रमाले तपाँइको चतूर्थ, पञ्चम र षष्टम भावमा गोचर गर्ने छन । आईतबार र सोमबार घरपरिवारका कारण केहि चिन्ता बढनेछ । आफ्नो बोलीका कारण परिवारका सदस्य सँगको दुरी बढ्न सक्नेछ । सचेत रहनुहोला । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको रचनात्मक विचार एवं सिर्जनशिलताको प्रतिष्ठित व्यक्तित्वहरु बाट सराहना हुनेछ । धार्मीक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ। विशेष क्षणहरु मा प्रेमीको साथ रहनेछ । विद्यार्थीको पढाई मन जानेछ । तपाईको परिश्रम अनुसार नै अंक प्राप्त हुने योग छ । आईतबार र सोमबार तपाईका लागि कमजोर दिनहरु भएकाले कुनैपनि महत्वपूर्ण कार्यको शुरुवात यि दिनहरुमा नगर्न उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान सुर्य लाई जल चढाउनु एवं सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।
यो साता चन्द्रमाले तपाईको तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन । यो साता तपाईको साहस तथा पराक्रम बढ्नुका साथै हरेक कार्यमा आत्मविश्वास उच्च रहनेछ । आफ्ना दाजुभाई तथा दिदी बहिनी सँगको सम्बन्ध थप प्रगाढ बन्न सक्नेछ । उनिहरुलाई आवश्यक परेको बेला आर्थीक सहयोग समेत गर्न सक्नुहुनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवासाय मा उतारचढावहरु देखिन सक्नेछन । तर मंगलबार र बुधबार भने घरपरिवारका कारण चिन्ता बढ्न सक्नेछ । विशेष गरि माता पिताको स्वास्थ्यमा समस्या आउन सक्नेछ । तर पनि जिवन साथीको साथ र सहयोग ले आत्मविश्वास भने कायम नै रहनेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ । यो साता प्रेम सम्बन्ध मिश्रित रहनेछ । नयाँ व्यक्ति सँग प्रेम सम्बन्ध स्थापित हुन सक्नेछ । विद्यार्थीको पढाईमा पनि मध्यम अवस्था रहनेछ । सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक देखिन्छ । यो साता ग्रहको शुभ प्रभावका लागि गरिब दुखिलाई हरियो कपडा दान गर्नु शुभ हुनेछ ।
यो साता चन्द्रमाले तपाईको द्धितीय, तृतीय र चतुर्थ भावमा गोचर गर्नेछन । बुध र सुर्यको गोचर भने अष्टम भावमा हुनेछ । यो साता धन स्थानमा चन्द्रमाको गोचर का कारण व्यापार व्यावसाय बाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सञ्चार सीपमा थप निखार आउने देखिन्छ । आफ्ना दाजुभाई तथा दिदी बहिनी सँगको सम्बन्ध सुमधुर रहनेछ । धार्मीक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्ने हरुका लागि कार्य स्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु आईलाग्न सक्नेछ । प्रेम सम्बन्ध सकारात्मक रहनेछ । बिद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । अध्ययनमा मन लाग्ने र पढेको कुरा याद हुने समय रहनेछ । साताको उत्तरार्ध का दिनहरु भने कमजोर रहेका छन । शुक्रबार र शनिबार माता पिताको स्वास्थ्य बिग्रने एवं अनावश्यक कार्यमा धन खर्च हुन सक्नेछ । यि दिनहरुमा कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु एवं लगानी नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
यो साता चन्द्रमाले तपाईको शिरमा, द्धितीय र तृतीय भावको गोचर गर्नेछन । शिरमा चन्द्रमाको प्रभावले तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो तपाईको आत्मसम्मान उच्च रहनेछ तर कतिपय कार्यमा हतार मा निर्णय हुनसक्छ र पछि समस्या आउन सक्छ । परिवारमा उचित सल्लाह एवं छलफल गरि निर्णय गर्नु उत्तम हुनेछ । आर्थीक अवस्था सामान्य रहनेछ । व्यापार व्यापसाय बाट पनि मिश्रीत लाभ मिल्नेछ । विशेष गरि सञ्चार तथा प्रविधि सँग सम्बन्धित क्षेत्रको कारोबार बाट बढि लाभ हुनेछ । धन बचत हुनेछ। नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । कार्यस्थलमा तपाईको कार्यको सराहना हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । विशेष गरि आफ्नो जिवनसाथी बाट भरपुर साथ र सहयोग हुनेछ । प्रेमी सँग सामान्य मतभेदहरु देखिन सक्नेछन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
धनु राशिका लागि यो साता चन्द्रमाले तपाईको व्यय स्थान, शिर र धन स्थानको गोचर गर्नेछन । साताको शुरुका दिन आईतबार र सोमबार विना अर्थका दौडधुप हुन सक्नेछन । खर्च बढ्नेछ भने मानसिक चिन्ताका कारण राति निन्द्र नलाग्ने समस्या देखिन सक्नेछ । काम विग्रनाले नैराश्यता बढ्नेछ । तर मंगलबार देखि चन्द्रमाको गोचर शिरमा पर्ने हुनाले अवस्थामा सुधार आउनेछ । सिर्जनात्मक एवं तार्कीक क्षमता बढ्नेछ । अप्ठ्यारो परिस्थिती सँग जुध्न सक्नुहुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने एवं बचत पनि हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । समाजका महत्वपूर्ण व्यक्तिहरु सँग परिचित हुने अवसर जुट्ने छ । यो साता परिवारका सदस्य विच एकआपसमा विवाद देखिन सक्नेछ । आर्थीक विषयमा सल्लाह नमिल्न सक्नछ । त्यसैगरि जिवनसाथी सँग सामान्य सम्बन्ध रहनेछ । सुमधुर सम्बन्धका लागि जिम्मेबार हुनु आवश्यक देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । विद्यार्थीका लागि अध्ययन कार्यमा मन जानेछ । तपाईको परिश्रम अनुसार नै सफलता मिल्ने योग छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ
यो साता चन्द्रमा ले तपाईको लाभ स्थान, द्धाद्धश स्थान र शिरमा गोचर गर्नेछन । आईतबार र सोमबार व्यापार व्यावसाय का दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तान बाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित हुनेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ ।नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम सम्बन्ध सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा विभिन्न बाधा एवं समस्याहरु देखिन सक्नेछन । चुनौतिहरु लाई पार लगाउँदै पढाईमा मन लगाउनु जरुरी छ । मंगलबार र बुधबार भने तपाईका लागि कमजोर दिन रहनेछन । यि दिनहरुमा अनावश्यका खार्च बढन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
कुम्भ राशिका लागि यो साता चन्द्रमाले दशम, एकादश र द्धाद्धश स्थानको गोचर गर्नेछन । कर्म स्थानमा चन्द्रमा को गाचर ले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गरि नयाँ अनुभव हाँसिल गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यावसाय बाट पनि सफल साता रहनेछ । पारिवार मा सकारात्मक वाताववरण हुनेछ ।सन्तान बाट सुख प्राप्त हुनेछ । माता पिताको स्वास्थ्य अवस्था पनि सबल रहनेछ । आफ्ना भाई बहिनी सँगको सम्बन्ध प्रगाढ हुनेछ । उनिहरुबाट अप्ठ्यारो परिस्थितीमा साथ र सहयोग समेत प्राप्त हुनेछ । सामाजिक एवं राजनितीक क्षेत्रमा समेत तपाईको उचाई बढ्नेछ। तपाईका बिरोधि हरुको मनोबल कमजोर हने देखिन्छ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । साताका अन्त्य तिरका दिनहरु शुक्रबार र शनिबार भने अनावश्यक धन खर्च हुने एवं चिन्ता बढ्ने योग छ । यि दिनहरुमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।
मिन राशिका लागि यो साता उत्तम रहनेछ । यो साता चन्द्रमाले तपाईको नमव, दशम र एकादश भावमा गोचर गर्नेछन । यो साता तपाईको व्यस्तता बढ्नेछ । परिश्रम अनुसार सफलता हात लाग्दा मन प्रफुल्ल बन्नेछ । प्रशस्त धन आर्जन हुनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरी गर्नेहरुका लागि सफल साता रहनेछ । कामको जिम्मेवारी बढ्न सक्नेछ । तपाईको सुझावलाई माथिल्लो निकायले महत्व दिनेछ । पारिवारिक जिवन सुमधुर रहनेछ । दाजु भाई दिदी बहिनी का साथै कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुनेछ । परिवारका साथ विभिन्न रमाइला कार्यक्रमा मा सरिक हुने अवसर जुट्नेछ । सुख दुखमा जिवनसाथी को साथ र सहयोग प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा प्रतिकुल समय देखिन्छ । मन चञ्चल भएर पढाईमा ध्यान केन्द्रित नहुन सक्छ । सचेत रहनुहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।