लगनशील भएर ध्यान केन्द्रित गरेमा उत्कृष्ट परिणाम प्राप्त हुने समय हो, अझ मिहिनेत गर्नुहोस्, तपाईंको प्रयासमा भाग्यले समेत साथ दिनेछ । सबै कुरा ठीकठाक देखिए पनि भावनात्मक ढंगले कमजोरीको आभास हुनेछ । हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुनेछ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो ।
आफूलाई चित्त नबुझेको कुरालाई राम्ररी पहिल्याएर भन्न सकेमा मनको तुस हटेर जानेछ र सुखानुभूति मिल्नेछ । खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । व्यापारमा लगानी बढाउने समय हो, खर्च लागे पनि अहिलेको प्रयासले पछिलाई फाइदा हुनेछ । कारोबारमा थप सफलता पाउन प्रतिस्पद्र्धामा जानुपर्ने हुन्छ ।
परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुरा प्रति रूचि जागृत हुनेछ । महत्त्वाकाङ्क्षाको भावना पलाउन सक्छ । कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । कुनै कुराले चिन्तित तुल्याएको छ भने त्यसलाई आफन्तका बीचमा सेयर गरी समाधान गर्ने प्रयास गर्नुहोस् । बुद्धि र विचारको सदुपयोग गर्नसकेमा तपाईं कार्यक्षेत्र र व्यवसायमा अब्बल ठहरिनु हुन्छ ।
बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो । हाकिम वा नेतृत्व पङ्क्तिका विशिष्ट व्यक्तित्वको सहयोग जुटाउन सकिन्छ । केही समय आफ्नो व्यक्तिगत प्रयोजनमा छुट्याउनुपर्ने हुन्छ, तर कार्यक्षेत्रमा व्यस्त रहँदा आन्तरिक सम्बन्धमा फाटो बढ्नसक्छ, होस राख्नुपर्छ । नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो, तर घरायसी वातावरण प्रतिकूल बन्नाले घरिघरि निराशाका भावना आउन सक्छन् ।
मनले चाहे जसरी नै दैनिक कार्य सम्पन्न हुनेछन्, घरजग्गा कारोबार र सेयर बजारमा राम्रो देखिन्छ । जनसम्पर्क वा सार्वजनिक सम्बन्धका माध्यमबाट धनलाभ हुनेछ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिकरसामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । महत्त्वाकाङ्क्षा राख्नाले लक्ष्य पहिल्याउन सजिलो हुनेछ, कुनै योजना छन् भने अझ धेरै मिहिनेत गर्नुहोस्, सफलता मिल्नेछ ।
पारिवारिक वातावरण रमाइलो रहनेछ । प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त रहँदा थकानको महसुस हुनेछ । भावना र इच्छाहरूको कदर नभएको देख्दा मन अशान्त रहनसक्छ । मुड घरिघरि अशान्त बन्नसक्छ, योग र मेडिटेशनप्रति आकर्षित हुनु राम्रो हुन्छ, किनभने आज मिहिनेत गरेमा हरेक क्रियाकलापमा सफल बन्न सकिने दिन छ । सवारी साधन चलाउँदा विशेष गरी घुम्ती र मोडमा सावधानी अपनाउने दिन हो । आफूले गल्ती नगरे पनि अरु कसैको लापरवाहीका कारण समस्या भोग्नुपर्ने हुन्छ ।
लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । प्रेमसम्बन्ध र दाम्पत्य जीवनमा किचलो र विवाद हुने कमजोर दिन हो । कुनै पनि कुरालाई गम्भीरतापूर्वक सोचविचार गरेरमात्र निर्णय लिनु जायज हुनेछ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।
झगडालु र घमण्डी मनोवृत्तिको उदय हुनेछ, तर कुनै परीक्षा वा प्रतिस्पद्र्धाको तैयारी गर्दै हुनुहुन्छ भने खेलवाड र मनोरञ्जन त्याग्नुहोला । ऊर्जा र जाँगर पलाउने समय छ, एक्लै खट्नु परे पनि ताकेको काम सम्पन्न हुनेछ । सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्न सकिने छ, तर शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहनुहोला । साथीभाइसँग सहयोगी र मिलनसार बन्ने प्रयास गर्नुहोला, आफूभित्रको निरङ्कुशता, घमण्ड र अहङ्कार हाबी हुने समय हो ।
बुद्धि खियाएर गरिने काम तथा सन्तति वा भाइबहिनीका तर्फबाट आर्थिक लाभ हुने समय छ । कुनै जमघट वा समारोहमा सहभागी बन्न सकिन्छ, मौका पर्दा दमदार भाषण ठोक्ने र ताली पाउने दिन हो । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । कुनै समस्या देखिएको छ भने पार्टनरसित भेट गरी कुरा राख्नसके समाधानको बाटो पहिल्याउन सकिने छ ।
तनाव र बोझलाई धैर्यताका साथमा व्यवस्थापन गर्ने दिन हो । ससाना कुरा र विषयमा झैझगडां र विवाद हुने लक्षण छ, एकान्तमा बस्नु वा अध्यात्मको आश्रय लिनु बेस हुन्छ । होटलरमोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । कुरा काट्नेहरूको सक्रियता बढ्नसक्छ, सामान्य तनाव भए पनि मूलतस् आज बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो ।
हर्षित हुने कुनै समाचार सुन्न पाइने छ । सानो प्रयासले भाग्य बढ्ने समय भएकाले थोरैमात्र प्रयास गरेमा आम्दानीका मार्ग बढ्नेछन् । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । घरपरिवारबाट अपेक्षित स्नेह, सहयोग र सद्भाव मिल्ने राम्रो दिन छ । माइतीपक्षसित भेटघाट हुने वा सम्बन्धरसम्पर्क बढ्ने तथा सरसहयोग लिनरदिन सकिने समय हो ।
तपाईंभित्रको सामथ्र्य र रचनात्मकताले प्रस्फुटित हुने मौका पाउने छ । आफ्नो प्रतिभा प्रदर्शन गरी वा कुनै अभिव्यक्तिगत कला प्रस्तुत गर्दै धन र मान कमाउन सकिने छ । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, ससाना कुरामा पनि नोकझोक बढ्ने समय छ ।