बि. स. २०७७ दसैँको टीका शुभ साईत | कुन देशमा कति बजे साइत ? | Dashai Tika Shubha Muhurta 2020
Fri Oct 9
बि. स. २०७७ दसैँको टीका शुभ साईत | कुन देशमा कति बजे साइत ? | Dashai Tika Shubha Muhurta 2020
बि. स. २०७७ दसैँको टीका शुभ साईत | कुन देशमा कति बजे साइत ? | Dashai Tika Shubha Muhurta 2020
अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल एवं नेपाल बाहिरको लागि बि.सं. २०७७ सालको दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले नेपाल सहित २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको छ।
समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई का अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको छ । विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस भनेर त्यहीको ग्रहको दृष्टि र स्थानीय समय अनुसार समय यकिन गरिएको छ ।
समितिका सदस्य सचिव आचार्य सन्तोष वशिष्ठले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम २४ वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिए ।
कुन देशमा कति बजे लगाउने टीका ?
समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २५ तारिकमा टीकाको शुभ साइत जुरेको छ । यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्डलगायतका देशमा भने अक्टोम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको छ ।
स्थान र देश तारिख टिकाको साईत, स्थानीय समय
काठमाण्डौ, नेपाल अक्टुबर २६, २०२० बिहान १०.१९ बजे
नयाँ दिल्ली, भारत अक्टुबर २६, २०२० बिहान १०.३५ बजे
न्युयोर्क, अमेरिका अक्टुबर २५, २०२० बिहान ११.५ बजे
केन्टुकी, अमेरिका अक्टुबर २५, २०२० बिहान ११.७ बजे
टेक्सास, अमेरिका अक्टुबर २५, २०२० बिहान ११.५७ बजे
क्यालिफोर्निया, अमेरिका अक्टुबर २५, २०२० बिहान ११.४५ बजे
लण्डन, बेलायत अक्टुबर २५, २०२० बिहान ११.३९ बजे
टोरन्टो, क्यानाडा अक्टुबर २५, २०२० बिहान ११.४३ बजे
लिस्बन, पोर्चुगल अक्टुबर २५, २०२० बिहान ११.३७ बजे
पेरिस, फ्रान्स अक्टुबर २५, २०२० बिहान ११.४१ बजे
टोकियो, जापान अक्टुबर २६, २०२० बिहान १०.३५ बजे
सिड्नी, अस्ट्रेलिया अक्टुबर २६, २०२० बिहान ०९.४३ बजे
मेलबर्न, अस्ट्रेलिया अक्टुबर २६, २०२० बिहान ०९.४३ बजे
ब्रिसवेन, अस्ट्रेलीया अक्टुबर २६, २०२० बिहान ०९.५१ बजे
वेलिङटन, न्युजिल्याड अक्टुबर २६, २०२० बिहान १०.१५ बजे
क्वालालाम्पुर, मलेसिया अक्टुबर २६, २०२० बिहान १०.३५ बजे
अबुधाबी, युएई अक्टुबर २६, २०२० बिहान १०.४३ बजे
दोहा, कतार अक्टुबर २६, २०२० बिहान १०.२१ बजे
बैंकक, थाईल्याण्ड अक्टुबर २६, २०२० बिहान १०.३३ बजे
सियोल, दक्षिण कोरिया अक्टुबर २६, २०२० बिहान ११.२७ बजे
तेल अभिभ, ईजरायल अक्टुबर २६, २०२० बिहान १०.३७ बजे
सिङ्गापुर अक्टुबर २६, २०२० बिहान १०.४१ बजे
हङ्खकङ्ख अक्टुबर २६, २०२० बिहान १०.४९ बजे
साउदी अरेबीया अक्टुबर २६, २०२० बिहान १०.२५ बजे