मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा आईतबार र सोमबार शिरमा चन्द्रमाको प्रभाव रहने हुनाले तपाईको आत्मविश्वास उच्च रहनेछ । यो साता सुख र सन्तोष को अनुभुती हुनेछ । कार्यसफलता मा घरपरिवारको महत्वपुर्ण साथ र सहयोग रहनेछ । सामाजिक एवं राजनितिक क्षेत्रबाट समेत ईज्जत र प्रतिष्ठा बढ्नेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। आफ्ना परिवार सँग रमाइलो कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
वृष राशिका लागि यो साता मिश्रित रहनेछ । साताको शुरुवातमा चन्द्रमाको गोचर व्यय स्थान मा हुने हुनाले आईतबार र सोमबार अनुत्पादक क्षेत्रमा धन खर्च हुने देखिन्छ । पशु चौपाया बाट भय हुन सक्नेछ । त्यसैले कुकुर वा अन्य जनावर बा सावधान रहनु उत्तम हुनेछ । मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । आम्दानी बढनेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । परिवार मा मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।
मिथुन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा चन्द्रमा को गोचर लाभ स्थानमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । साथी संगी सँग रमाईलो कुरा हुने एवं मनोरञ्जनात्मक क्रियाकलापमा समय बित्नेछ । नोकरी एवं व्यापार व्यावसायमा सामान्य अवस्था देखिन्छ । धन आर्जन हुनेछ ।साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
कर्कट राशिका लागि यो साता शुभ रहेको छ । दशम भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । कार्य सफल हुनाले मन प्रशन्न रहनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । समाजमा ईज्जत र प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जिवनमा सामान्य समस्या हरु देखिन सक्नेछन । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाईमा सामान्य उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। तपाईका लागि यो साता तुलनात्मक रुपमा बिहिबार र शुक्रबार भने कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि आफ्ना कुल पित्रीहरुको आराधना गर्नु उत्तम हुनेछ ।
सिंह राशिका लागि यो साता शुभ रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर नवम भावमा रहने हुनाले विभिन्न ठाउँमा यात्रा मा जाने अवसर जुट्नेछन । धर्मकर्ममा मन जानेछ। व्यापार व्यावसायमा बिभिन्न उतारचढावहरु देखिन सक्नेछन ।। सहकर्मी हरुले नयाँ आरोप लगाई तपाईको बारेमा दुष्प्रचार गर्न सक्नेछन । तर पनि तपाईको धैर्य र परिश्रम ले गर्दा तपाईको कारोबार मा ठुलो असर पर्ने छैन। प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा सँग रमाइलो वातावरण कायम हुन सक्नेछ । विद्यार्थीको पढाई मन जानेछ । यो साता तुलनात्मक रुपमा शनिबार भने कमजोर दिन रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान सुर्य लाई जल चढाउनु एवं सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।
कन्या राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा अष्टम भाव मा चन्द्रमाको प्रभाव रहने हुनाले मनमा डर र चिन्ता बढ्न सक्नेछ । स्वास्थ्य कमजोर हुने एवं शारिरिक कष्ट बढ्न सक्ने देखिन्छ । तर मंगलबार देखि भने शुभ दिनहरु आउनेछन । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता मिल्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि गरिब दुखिलाई अन्न ्एवं वस्त्र दान गर्नु शुभ हुनेछ ।
तुला राशिका लागि यो साता शुभ रहेको छ । सप्तम भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले । आफ्नो जिवन साथी सँग रमाईला पल हरु व्यतित हुन सक्नेछन । साझेदारी का कार्य बाट फाईदा हुनेछ । साथीभाईको साथ र सहयोग ले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यावसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग सोमबार र मंगलबार का दिनहरुमा केहि उतार चढाव आउन सक्नेछन । तर पनि साताको अन्त्य तिर भने आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन । बिद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । अध्ययनमा मन लाग्ने र पढेको कुरा याद हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
बृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर छैठौं भावमा रहने हुनाले शत्रु नाश हुनेछन । स्वास्थ्य अवस्था मा सुधार हुनेछ । तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमता को उच्च कदर हुनेछ। आर्थीक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्नो प्रेमी सँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ । तपाईका लागि बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
धनु राशिका लागि यो साता मिश्रीत रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले आफुले गरेका निर्णय बाट पछि पछुताउने अवस्था आउन सक्नेछ । त्यसैले परिवारका सदस्य सँग राम्रो सल्लाह पछि मात्र कुनै पनि महत्वपुर्ण विषयमा निर्णय गर्नू उत्तम हुनेछ । मंगलबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । ब्यापार व्यावसाय बाट लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । सिर्जनात्मक क्षमता बढ्नेछ। शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।
मकर राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुवातमा चतुर्थ भावमा चन्द्रमाको गोचर रहने हुनाले स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्नेछ । विशेष गरि आँखा तथा टाउको सम्बन्धि समस्या बढ्न सक्नेछ । परिवारमा विवाद उत्पन्न हुन सक्ने र चिन्ता बढ्न सक्ने योग छ । तर मंगलबार देखि भने साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्याथीृको पढाई सकारात्मक रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
कुम्भ राशिका लागि यो साता शुभ रहेको छ। तृतीय भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले कार्यक्षेत्रमा सफलता मिल्नेछ । तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । आफ्ना दाजु भाईको साथ र सहयोग बाट व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । तर मंगलबार र बुधबार भने चतुर्थ भावमा चन्द्रमाको गोचर रहने हुनाले तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन । यि दिनमा स्वासथ्य कमजोर हुने एवं पारिवरिक समस्याका कारण चिन्ता बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।
मिन राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव धन स्थानमा रहने हुनाले अनावश्यक खर्च बढ्न सक्ने देखिन्छ । मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला पलहरु परिवार सँग बित्नेछन । त्यसैगरि आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । व्यापार व्यावसाय मा बिभिन्न उतारचढावहरु देखिन सक्नेछन । नोकरी गर्नेहरुका लागि शुभ समय रहनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । यो साता तुलनात्मक रुपमा बिहिबार र शुक्रबार भने कमजोर दिन हरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।