मेष राशिका लागि यो महिना मिश्रित फल दायक रहेको छ । राशि स्वामी मंगलको गोचर व्यय स्थानमा हुने हुनाले यो महिना अनावश्यक खर्चको मात्रा बढ्ने देखिन्छ । शनीको दृष्टीका कारण स्वास्थ्यमा समस्या देखिने एवं सवारी साधनबाट चोटपटक को सम्भावना पनि देखिन्छ । सचेत रहनुहोला । यो महिना सुर्यको गाचर चतुर्थ भावमा हुनेछ यसबाट सरकारी क्षेत्र सँग सम्बन्धित काम हरु सम्पन्न हुनेछन । शत्रुहरु पराजित हुनेछन। आत्मबल, सामथ्र्य बढ्नेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । विशेष गरि आफ्ना दाजुभाई सँग मिलेर सहकार्य गर्नुभएमा लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । आध्यात्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध मिश्रत रहने छ । पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । धन स्थानमा शुक्रको प्रभावले व्यापार व्यावसायमा सफलता मिल्नेछ । तपाइको बोलीको प्रभाव समेत वृद्धि हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ९, शुभ बार बिहिबार, शुभ रंग रातो र शुभ दिशा उत्तर हुनेछ ।
राशिस्वामी शुक्र को गोचर शिरमा हुने भएकाले प्रेम तथा पारिवारिक जिवन सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्ने छ, साथीभाइ र मित्रवर्गले पनि साथ दिनेछन् । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सुर्यको गोचर तृतीय भाव मा छ यसले तपाईको आँट साहस तथा पराक्रम बलियो हुनेछ । दाजुभाई सँग कतिपय विषयमा विवाद भने पर्न सक्छ । बाहन तथा मातृ सुखमा वृद्धि हुनेछ। व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने समय छ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । यो महिना तपाईलाई हृदय र पेटसम्बन्धी स्वास्थ्यसमस्या आइलाग्न सक्छ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । यो महिना घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइन सक्छ । सजग रहनुहोला। यो महिना ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ६, शुभ बार शुक्रबार, शुभ दिशा दश्रिण र शुभ रंग सेतो हुनेछ ।
मिथुन राशिका लागि यो महिना सबल रहेको छ । राशि स्वामी बुधको गोचर शिर तथा द्धितीय भावमा हुनेछ । व्यापार व्यावसाय बाट राम्रो मुनाफा आर्जन हुनेछ । जग्गा जमिन वा बाहन जोड्न सकिने महिना रहको छ । कमिशन मा आधारित भएर गरिने काम बाट राम्रो आर्जन हुनेछ । सुन्दरता सँग सम्बन्धित वस्तु तथा सेवाको कारोबार बाट राम्रो फाईदा हुनेछ । कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक एवं राजिनितिक क्षेत्रमा तपाईको सक्रियता बढ्नेछ। यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । सरकारी काम वा उच्च अधिकारीहरूसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । बिद्यार्थीले आफ्नो पढाईमा सुधारका लागि प्रयास गर्ने राम्रो समय छ । प्रतिस्पर्धात्मक परिक्षामा समेत सफलता प्राप्त हुने योग छ । । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । यो महिना तपाईको बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राख्नु उत्तम हुन्छ । यो महिना अष्टम भावमा शनिको गोचरका कारण मानसिक तनाव, टाउको, पेट तथा खुट्टा सम्बन्धि स्वास्थय समस्याले सताउन सक्छ । सचेत रहनुहोला । यो महिना तपाईका लागि शुभ रंग हरियो, शुभ अंक ५, शुभ बार शुक्रबार र शुभ दिशा पश्चिम रहनेछ ।
यो महिना तपाईका लागि सुुर्यको गोचर शिरमा हुनेछ । यसको प्रभावले तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । विरोधिहरुले तपाई लाई चुनौतीहरु दिईरहनेछन । आफ्नो कार्यमा पुरा ध्यान दिनु आवश्यक छ। काम सम्पन्न हुने समय आएको छ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । तपाईको प्रेम सम्बन्ध यो महिना सुमधुर रहनेछ । एक अर्कालाई प्रेरणा दिएर उत्साहित वातावरण बन्ने छ। जिवन साथीका माध्यमबाट भाग्यवृद्धि हुने महिना छ । कुनै योजना बनाँउदा एक आपसमा राम्रो छलफल गर्न आवश्यक देखिन्छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईलाई पछ्याउनेछ । स्वास्थ्यस्थिति सामान्य रहनेछ । मोटोपन बढ्ने समस्या हुन सक्छ । आफ्नो खानपान र व्यायाम मा उचित ध्यान दिनुहोला । यो महिना ग्रहको शुभ प्रभावका लागि बिहिबार का दिन पारेर आफ्ना गुरु एवं ज्येष्ठ नागरिक को सेवा र सम्मान गर्नु शुभ हुनेछ । यो महिना तपाईका लागि शुभ रंग सेतो र गुलाबी, शुभ बार सोमबार, शुभ अंक २ र शुभ दिशा पुर्व हुनेछ ।
सिहं राशिका लागि यो महिना मिश्रीत रहनेछ । यो महिना तपाईका लागि सुर्यको गोचर व्यय स्थानमा हुनेछ । यो महिना तपाईलाई कार्यक्षेत्रमा हाकीम वा बोस बाट दुव्र्यवहार हुन सक्नेछ । सजग रहनु होला । महिला सहकर्मी साथी बाट भने उचित साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसायमा मिश्रित फल प्राप्त हुनेछ । यस अवधिमा खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय छ। गुप्त रुपबाट धनला हुने योग छ । तपाईको पैसा कतै फसेको छ भने यो महिना सकारात्मक प्रयास गर्नु भएमा फिर्ता हुने योग छ । घरपरिवार मा सकारात्मक वातावरण बन्ने छ । विशेष गरि मातृपक्षबाट फाईदा हुनेछ । यो महिना प्रेमसम्बन्धमा भने समस्या आउन सक्ने योग छ । आरोप प्रत्यारोप बाट तनाब बढ्न सक्छ । विवादित विषयमा एक आपसमा खुला रुपमा कुरा गर्नु आवश्यक देखिन्छ। सप्तम भावमा पाप कर्तरी योग का कारण पती पत्नी बिचको सम्बन्धमा तालमेलको समस्या देखिन सक्छ । सचेत रहनुहोला । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । त्यो महिना जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । तपाईको धनसम्पती नाश र ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्नेछ। त्यस्तै नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । यो महिना तपाईका लागि शुभ अंक १, शुभ रंग रातो र गुलाबी, शुभ बार आईतबार र शुभ दिशा पुर्व हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर लाभ स्थानमा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुनेछ। सरकारको उच्च ओहदाका मानिसहरूसँग तपाईंको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईंले फाइदा लिन सक्नुहुन्छ । नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि सकारात्मक महिना रहनेछ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध का लागि पनि शुभ समय छ । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । प्रेम जीवनमा खुशीको वातावरण वन्नेछ । तपाईको मनमा हरदम प्रेमील भावना जागृत हुनेछ । यो महिना परिवारमा ज्येष्ठ व्यक्तिको स्वास्थ्य समस्याले केहि तनाव र खर्च बढ्न सक्नेछ । यो महिना तपाईका लागि शुभ अंक ५, शुभ रंग सुन्तले, शुभ बार बुधबार शुभ दिशा दक्षिण हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर दशम भावमा हुनेछ। यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा सफलता प्राप्त गर्ने समय हो । सरकारी क्षेत्र सँग सम्बन्धित कार्यमा तपाईलाई सफलता मिल्नेछ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । कर्मचारीहरूले जिम्मेबारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय छ । प्रेम सम्बन्ध भने उतार चढाब आउन सक्नेछ । बिशेष गरि शुक्रको गोचर अष्टम भावमा हुनाले खराब वास्ना मनमा आउन सक्नेछ । तपाईको लगाव आफ्नो प्रमी वा जिवनसाथी देखि बाहेक का व्यक्ति सँग रहन छ । तपाईलाई दुव्र्यवहारको कुरामा फसाउन सक्छन । सजग रहनु होला । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यो महिना स्वास्थ्य अवस्था हेर्दा तपाईलाई कान तथा घाँटी सम्बन्धि समस्या देखिन सक्छ । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । माता पिताको स्वास्थ्यमा पनि कमजोरी देख्न सकिनेछ । यो महिना तपाईका लागि शुभ अंक ६, शुभ बार शुक्रबार, शुभ रंग समुन्द्र र सेतो रंग, शुभ दिशा पश्चिम हुनेछ ।
बृश्चिक राशिीका लागि यो महिना शुभ रहनेछ । यो महिना तपाईका लागि सुर्यको गोचर भाग्य स्थानमा हुनेछ । पिता, परिवार को मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । पेशा व्यावसाय बाट लाभ हुनेछ । । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पद्र्धामा सफल भइने छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । तर यस भावमा रहेको सूर्यको केही अशुभ फल पनि प्राप्त हुन्छ, जस्तै पिता वा पितातुल्य व्यक्तिको स्वास्थ्यमा बाधा पुर्याउन सक्छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । प्रेम सम्बन्धमा पनि विभिन्न उतारचढाबहरु आएर तनाब उत्पन्न हुने सम्भावना छ। रिस बढी उठ्ने र आत्मसम्मान मा ठेस पुर्याउने कार्य हुन सक्छ । आफ्नो आवेगलाई नियन्त्रण गर्नु शुभ हुनेछ । राशिस्वामी मंगल पञ्चम भावमा गोचर गर्ने हुनाले धन सम्पती सञ्चित हुनेछ । अचानक धनलाभ हुने सम्भावना छ । यो महिना ग्रहको शुभ प्रभावका लागि पुष्पराज रत्न विधिपुर्वक धारण गर्नु एवं विहिबारका दिन गरिब दुखीको सेवा गर्नु शुभ हुनेछ । यो महिना तपाईका लागि शुभ बार मंगलबार, शुभ रंग रातो, शुभ दिशा उत्तर र शुभ अंक ९ हुनेछ ।
धनु राशिका लागि यो महिना मिश्रित रहेको छ । राशि स्वामी बृहस्पती शिरमा छन । यसबाट तपाईलाई हरेक क्षेत्रमा सफलता प्राप्तीका लागि सहयोग हुन सक्छ । तर पनि बृहस्पती लाई राहु र केतुको दृष्टि भएकाले धेरै परिश्रम र दौडधुप पछि मात्र अपेक्षित सफलता प्राप्त हुनेछ । यो महिना तपाईका लागि सुर्यको गोचर अष्टम भावमा हुनेछ । यो महिना सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । यो हरेक काममा विघ्न र ढिलासुस्ती हुनसक्छ । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुने समय हो । अनायायसै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुने समय छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन बिरोधीहरू सक्रिय हुनेछन। सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनसक्छ । कार्यक्षेत्रमा सिनियर्सहरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउने समय हो । त्यस्तै बन्दव्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा अंकुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु वाञ्छनीय हुन्छ । घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ भने प्राप्त हुनेछ । परिवारका सदस्यको पूर्ण सहयोग प्राप्त हुनेछ । स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको राम्रो हुन्छ । यो महिना ग्रहको शुभ प्रभावका लागि नियमित हनुमान चालीसा पाठ गर्नु एवं श्रवण गर्नु शुभ हुनेछ । बिधिपुर्वक पुष्पराज धारण गर्नु पनि शुभ हुनेछ। यो महिना तपाईका लाग शुभ रंग रातो, शुभ दिशा उत्तर, शुभ अंक ३ र शुभ बार बिहिबार रहनेछ ।
यो महिना तपाईको कार्यक्षेत्रमा सकारात्मक वातावरण कायम हुनेछ । आर्थीक रुपमा पनि यो महिना सकारात्मक महिना रहनेछ । यो महिना तपाई का लागि सुर्यको गोचर सप्तम भावमा हुनेछ । यसको प्रभावले व्यवहारमा कुशलता देखिने समय हुनृछ । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने समय हो । कार्यक्षेत्रमा पनि तपाईंको वर्चस्व कायम हुनेछ । तर यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । व्यापार र कार्यक्षेत्रमा बढि काम गर्ने महिना हो । यद्यपि यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हुनेछ । तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । वैवाहिक जीवनमा देखिएका मतभेद र असन्तुष्टिहरू हटाउने र आपसी सम्बन्धलाई मीठो बनाउने प्रयास गर्नु राम्रो हुन्छ । त्यस्तै कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति बन्नसक्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन। सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ। व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । अन्य मानिस सँग निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन । यो महिना ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ। यो महिना तपाईका लागि शुभ रंग निलो, शुभ बार शनिबार, शुभ दिशा दक्षिण र शुभ अंक १ हुनेछ ।
कुम्भ राशिका लागि तुलनात्मक रुपमा यो महिना केहि कमजोर देखिएको छ । पेशा व्यावसायमा चुनौतीको सामना गर्न पर्ने देखिन्छ। दशम भावमा मंगल को गोचरले चुनौतीहरु पार लगाउन साहस भने प्रदान गर्नेछ। यो महिना सुर्यको गोचर छैठौं भावमा हुनेछ । यो कार्यक्षेत्र वा व्यापार व्यावसायमा सफलताका लागि कडा परिश्रम गर्ने समय हो । त्यस्तै वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय हुनेछ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । तर पनि प्रतिस्पद्र्धीसित सतर्कता अपनाउने समय छ। त्यसैले कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । राशिस्वामी शनि व्यय भावमा रहेर पाप कर्तरी योग बनाउने भएकाले स्वास्थ्यम समस्या हुन सक्छ । विशेष गरि पेट, लिभर तथा खुट्छा सम्बन्धि समस्याले सताउन सक्छ । आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु होला । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावना समेत छ । बिद्यार्थीको पढाईमा सकारात्मक समय रहनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि भगवान सुर्यको पुजा आराधना गर्नु शुभ हुनेछ । यो महिना तपाईका लागि शुभ अंक २, शुभ रंग निलो, शुभ दिशा पश्चिम र शुभ बार शुक्रबार हुनेछ ।
मिन राशिका लागि यो महिना शुभ रहेको छ। राशि स्वामी बृहस्पतीको गोचर दशम भावमा हुनेछ । आफ्नो पेशा व्यावसायमा व्यस्त रहने महिना छ । कामको बोझले थकानको अनुभूती हुन सक्नेछ । तर तृतीय भावमा शुक्रको गोचर रहनाले आफ्ना साथी भाई बाट तपाइलाई भरपुर साथ र सहयोग हुनेछ । लाभ स्थानमा शनीका कारण तपाईका विरोधी हरु चुप लाग्न बाध्य हुनेछन । सुर्यको गोचर पञ्चम भावमा हुनेछ । तपाईंको कार्यक्षेत्र र व्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय हो । विद्यार्थीहरुक लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी समय दिनु पनि हानिकारक बन्नसक्छ । यो महिना तपाईंले नियमित आहारविहारको अनुशासन पालना गरेको राम्रो हो, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो प्रेमी बाट सरप्राईज सहयोग र सदभाव कायम हुनेछ । यो महिना तपाईका लागि शुभ अंक ३, शुभ बार बिहीबार, शुभ रंग पहेंलो, शुभ दिशा उत्तर हुनेछ ।