ज्योतिषिय एवं वास्तुशास्त्र अनुसार समस्या समाधान Astrology & Vastu Solution - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Blog

ज्योतिषिय एवं वास्तुशास्त्र अनुसार समस्या समाधान Astrology & Vastu Solution

ज्योतिषिय एवं वास्तुशास्त्र अनुसार समाधान | Astrology & Vastu Remedies

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ।

वास्तुशास्त्र हाम्रो प्राचीनतम विधा हरुमध्ये एक हो । “वास्तु”को अर्थ हुन्छ प्रकृति र हाम्रो वरपरको वातावारण तथा उर्जालाई समन्वय तथा सन्तुलित तरिकाले मिलाउँदै प्राकृतिक शक्तिहरुलाई व्यवस्थापन गर्न सक्ने विज्ञान नै वास्तु विज्ञान हो । कुनै पनि घर, कार्यालय, कलकारखाना, वासस्थान, व्यापारिक प्रतिष्ठान या अन्य भौतिक वस्तु एवं पर्यावरणमा पर्ने पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशबीचको ऊर्जा तथा शक्तिहरुको अध्ययन वास्तुशास्त्रमा गरिन्छ यिनै पञ्चत्त्वको उचित व्यवस्थापन गर्न नसक्नाले हानी तथा नोक्सानी हुने वास्तुशास्त्रीय मत छ ।

तपाइ कुनै समस्या मा हुनुहुन्छ ? वा आफ्नो जिवन मा कहिले शुभ समय आउछ ? भन्ने बारे जानकारी लिन इच्छुक हुनुहुन्छ वा तपाइको जिवन मा आइपरेका समस्या हरुको पहिचान गरी समाधान चाहानुहुन्छ? । त्यसै गरी आफ्नो घर पसल्, कार्यालय, उध्योगधन्दा इत्यादी को वास्तु परिक्षण वा बिष्लेषण गराइ उपयुक्त ज्योतिषीय एवम वास्तु सम्मत समाधान गरी जिवनमा सुख, शान्ती एवम सम्मृद्दी बढाउनका लागी हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ .
सम्पर्क न ९८४२२१९७३५ ( भाइबर्, इमो, ह्वाट्सप पनि उपलब्धा छ) , एन्सेल न ९८१९०८३६२९ ।

 

सम्पर्क गर्नुहोस

phone

+977– 9842219735

+977-9819083629

address

Kageshwari manohara – 9, Kathmandu.