सम्पूर्ण वास्तु परामर्श Vastu Service - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

सम्पूर्ण वास्तु परामर्श Vastu Service

वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ।पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशबीचको ऊर्जालाई समन्वय तथा सन्तुलित तरिकाले मिलाउँदै प्राकृतिक शक्तिहरुलाई सन्तुलनमा राख्ने विज्ञान नै वास्तु विज्ञान हो । पूर्वीय वास्तुशास्त्र अनुसार पृथ्वीमा भूमिदेव वास्तु पुरुष हुनुहुन्छ .

हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ|

मानव जीवनको अपरिहार्य एवम् महत्वपूर्ण आश्रय स्थल हो । मानवका आधारभूत वस्तुहरू गाँस, वास र कपासमध्ये वासस्थान एक हो । घर वस्नेहरूका लागि सुख शान्ति प्रदान गर्ने हुनु आवश्यक हुन्छ भने व्यापारिक प्रतिष्ठान बाट सफलता हात पर्नु महत्वपूर्ण हुन्छ त्येसैले धेरै धन खर्च गरेर मात्र घर राम्रो हुँदैन । घरमा वा व्यापारिक प्रतिष्ठानमा आवश्यक पर्ने विषयवस्तुको उचित मिलान हुन सकेन भने त्यही घर वा व्यापारिक प्रतिष्ठान अशान्ति र नोक्सानीको कारक बन्न सक्छ । त्यसैले जीवनलाई सुन्दर, सफल, अनुकुलका साथै सार्थक बनाउन वास्तु शास्त्रको सहि उपयोगले आफ्नो अनुकुलको घर निर्माण र व्यवस्थापन गर्नु अत्यावश्यक देखिन्छ ।

घर पसल कार्यालय, उद्योग भवन निर्माण एवं सहि व्यवस्थापनका लागि वास्तु परामर्श लिन हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क न ९८४२२१९७३५ ( भाइबर्, इमो, ह्वाट्सप पनि उपलब्ध छ) , एन्सेल न ९८१९०८३६२९ ।

 

सम्पर्क गर्नुहोस

phone

+977– 9842219735

+977-9819083629

address

Kageshwari manohara – 9, Kathmandu.