ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ फाल्गुण १४ बुधबार ई.सं २०२५ फेब्रवरी २६ नेपाल सम्बत ११४५ सिल्लागा त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण त्रयोदशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, परिधि योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः३१ बजे, सूर्यास्त साँझ ०६ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिँया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ३१ मिनेट देखि ०७ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालमा महाशिवरात्री व्रत सम्पन्न गरीने छ ।