Daily Rashifal 2025 February 15 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८१ फाल्गुण ०३ शनिबार | Daily Rashifal 2025 February 15

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ फाल्गुण ०३ शनिबार ई.सं २०२५ फेब्रवरी १५ नेपाल सम्बत ११४५ सिल्लागा तृतिया, नाम संवत्सर सूर्य उत्तरायनं, शिसीर ऋतु, फाल्गुण कृष्ण तृतिया, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, सुकर्मा योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः४० बजे, सूर्यास्त साँझ ०५ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तील मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ०५ मिनेट देखि ९ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।