Daily Rashifal 2025 March 11 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८१ फाल्गुण २७ गते मङ्गलबार | Daily Rashifal 2025 March 11

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ फाल्गुण २७ गते मङ्गलबार ई.सं २०२५ मार्च ११ नेपाल सम्बत ११४५ चिल्लाथ्व द्वादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल द्वादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१७ बजे, सूर्यास्त साँझ ०६ः०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर १५ मिनेट देखि १० बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज प्रदोष व्रत रहेको छ ।।