Dashain Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

दशैं नवरात्रमा भुलेर पनी गर्न नहुने कुराहरु | ॐ कमेन्ट गरी शेयर गर्नुहोस | शुभ फल मिल्नेछ

दशैं नवरात्रमा भुलेर पनी गर्न नहुने कुराहरु

हरेक वर्ष झै यो वर्ष पनि बडादशैंको आगमन भएको छ । सामान्य तया दशंै भन्ने बित्तीकै राम्रो लगाउने र मिठो खाने पर्वको रुपमा लिईन्छ। तर दशैको समयको मुख्य ९ दिन सम्म मनाईने नवरात्रमा जसले साधना गर्छ उसले देवीको आशिर्वाद स्वरुप शक्ती प्राप्त गरि हरेक चुनौतीहरु लाई पार लगाउने सक्ने हुन्छ । उन्नती, प्रगती, खुशी र सफलताले उसलाई पछ्याउनेछ । श्रद्धा र विश्वास पूर्वक जसले देवीको साधना एवं भक्ती गर्छ उसको जिवनमा महत्वपूर्ण सुधार हुनेछ । नौ दिन सम्म व्रत बस्ने भक्तजनले नवरात्रमा भुलेर पनि यी कार्यहरु नगर्नु उत्तम हुनेछ ।

https://www.youtube.com/watch?v=q7wK9HliGxU&t=348s

– व्रत बस्ने भक्तले नौ दिनसम्म महिलाले कपाल काट्नु हुँदैन भने पुरुषले नौ दिनसम्म कपाल, दारी, जुङ्गा काट्नु हुँदैन ।
—व्रत बस्ने मानिसले नौ दिनभरी पहेंलो वा रातो रंगको सफा र चोखो लुगा लगाएर देवीको पूजा गर्नुपर्छ ।
—नौरथामा यदि तपाईंले आफ्नो घरमा अखण्डबत्ति बाल्नु भएकोछ भने घर छाडेर बाहिर बस्नु हुँदैन । कुनै बिशेष अवस्था भएपनि घरलाई रित्तो छोड्नु हुँदैन ।
— व्रत बस्ने भक्तले नौ दिनसम्म हात तथा खुट्टाको नङ काट्नु हुँदैन । व्रत बस्नु अगाडि अथवा व्रत सकिसकेपछि मात्र नङ काट्नु शुभ हुनेछ ।
— व्रत बस्ने व्यक्तिले नौ दिनसम्म लसुन, प्याज र माछा–मासु नखानु शुभ हुनेछ ।
—व्रत बस्ने व्यक्तिले नै दिनभरी छालाका बेल्ट, चप्पल–जुत्ता, ब्याग जस्ता सामानको प्रयोग गर्नुहुँदैन ।

—नौ दिनसम्म व्रत बस्ने व्यक्तिले कागती काट्नु हुँदैन ।
—यदि दिउँसो सुत्ने बानी छ भने यो बानी हटाउनुपर्छ । विष्णु पुराणको अनुसार व्रत बस्ने व्यक्तिले नौ दिनभरी दिउँसो सुत्नु हुँदैन ।
—व्रत बस्ने व्यक्तिले नौ दिनसम्म एकै स्थानमा बसेर फलाहार ग्रहण गर्नुपर्दछ । विभिन्न स्थानमा बसेर फलाहार ग्रहण गर्नाले उत्तम फल मिल्दैन ।
— दुर्गा चालिसा, मन्त्र अथवा सप्तशती पाठ पढ्दै हुनुहुन्छ भने बीचमा अन्य कुरा गर्ने अथवा उठ्ने गल्ती गर्नुहुँदैन । त्यसो गर्दा पाठको फल नकारात्मक शक्तिहरुले लैजान्छन ।

—कतिपय व्यक्तिहरु व्रतको क्रममा भोक लाग्ने भएकोले भोक एवं तिर्सना मेटाउनका लागि तमाखु वा अन्य नशालु पदार्थ को सेवन गर्ने गर्छन तर यसो गर्नु हुँदैन । बेहोसी एवं नशामा लठ्ठीएर गरेको कार्य बाट उत्तम फल प्राप्त हुँदैन ।
— ब्रत भनेको काम, क्रोध, लोभ र मोहको त्याग गर्नु हो । ब्रत वस्ते भक्तनजले नौ दिनभरी ब्रम्हचर्यमा बस्नु शुभ हुनेछ । शारीरिक सम्बन्ध राख्नु हुँदैन । व्रतको समयमा शारीरिक सम्बन्ध राख्नाले व्रतको फलमा कमी हुनेछ ।

भदौ १७ गते बाट यो वर्षको सोह्र श्राद्ध शुरु कुन दिन कुन तिथी श्राद्ध पर्छ? Sorha Shraad Bhadau 17 Bata Suru|

भदौ १७ गते बाट यो वर्षको सोह्र श्राद्ध शुरु कुन दिन कुन तिथी श्राद्ध पर्छ?

यो वर्ष आश्विन कृष्ण पक्ष भदौ १७ गते बाट हुँदैछ । यसलाई पितृ पक्ष वा महाँलय पक्ष पनि भनिन्छ । पिताको मृत तिथीमा महाँलय श्राद्ध गरिन्छ । कारणबस रोकिएको श्राद्ध अष्टमी, द्धादशी वा औंशी तिथीमा गर्नु उत्तम हुन्छ ।
शास्त्र अनुसार पित्रीहरु कहिले श्राद्ध गर्छ भनेर बाटो हेरिरहेका हुन्छन । पितृहरुका लागि छोराहरुले आफ्नो कर्तव्य पुरा गरेर वार्षीक तिथीमा श्राद्ध र महाँलय पक्षमा पिताको तिथीलाई निमीत्त मानेर समस्त पितृको उद्धारका निम्ती श्राद्ध गर्नु पर्दछ ।
सोह्रश्राद्ध लागेपछि पितृहरु कर्ताको घर आँगनमा आउँछन । श्राद्धमा तर्पण र पिण्ड ग्रहण गरि तृप्त भएर आशिर्वाद दिई फर्किन्छन । निष्काम भावले शान्त भएर श्रद्धा र भक्ती पूर्वक आफ्ना पितृहरुको जसले श्राद्ध कर्म गर्दछ उसलाई पितृका आशिर्वादले सबै प्रकारका पाप बाट उ छुट्तछ र अन्त्यमा मोक्ष प्राप्त गर्दछ । पितृहरु प्रशन्न भएर आशिर्वाद दिएर पितृ लोक फर्कन्छन ।

प्रत्येक व्यक्तिलाई जन्म दिएर लालनपालन गरि हुर्काएर सक्षम बनाउने काम माता पिताले गरेका हुन्छन । मातापिता साक्षात ईश्वर हुन । आफ्ना मातापिता लाई बाचुन्जेल सम्मान पूर्वक हेरचाह उचित पालनपोषण गर्नु पर्दछ । र मृत्यु भएपछि पनि शास्त्र अनुसार पितृ उद्धारका कार्यहरु गर्नु शुभ हुन्छ ।
जसले पितृहरु छैनन मान्छेको मृत्यु पछि सकियो भन्छ अनी आफु पनि श्राद्ध नगर्ने र अरुले गरेको पनि बेकार हो भनेर निन्दा गर्छ उसको रगत पितृले पिउँछन । अर्थात उसलाई रोग, शोक, दुःख र पिडा ले सताउँछ उसका सन्तान हरु ले समेत दुःख पाउने कुरा शास्त्रमा उल्लेख छ । मृत्यु पछि पनी आत्मा भड्किएर नरक मा बास हुन्छ ।

महाँलय श्राद्ध सम्बन्धि केहि निर्णयहरु
१. पिताको तिथीमा श्राद्ध गर्नु पर्दछ ।
२. पूर्णीमा र चतुर्दशीमा मृत्यु भएका हरुको महाँलय श्राद्ध अष्टमी, द्धादशी वा औंशीमा तिथीमा गर्नु पर्छ ।
३. पिता जिवित छँदै आमाको मृत्यु भएका हरुले नवमी तिथीमा श्राद्ध गर्नु पर्दछ ।
४. महाँलय पक्षमा तिथी गर्ने बेलामा पत्नी रजश्वला भएमा रोकिएको श्राद्ध अष्टमी, द्धादशी, औंशी एवं भरणी, व्यतिपात मध्ये कुनै एक दिन श्राद्ध गर्नु पर्दछ ।
५. मघा पर्याे भनेर महाँलय पक्षको पिताको तिथी छोड्नु हुँदैन ।
६. महाँलय श्राद्ध कुन बेला गर्ने? – दिनमानलाई पाँच भाग लगाएर चौथो भाग अर्थात अपरान्ह तिर श्राद्ध कर्म गर्नु उत्तम हुन्छ ।
यो वर्ष कुन दिन? कुन तिथी श्राद्ध परेको छ?

यो वर्ष असोज महिनामा अधिक मास भएकाले २०७७ भदौ १७ गते बुधबार बाट सोह्रश्राद्ध शुरु हुने भएको छ ।
– भदौ १७ गते प्रतिपदा तिथी श्राद्ध ।
– भदौ १८ गते द्धितीया तिथी श्राद्ध ।
– भदौ १९ गते तृतीया तिथी श्राद्ध ।
– भदौ २१ गते चतुर्थी तिथी श्राद्ध ।
– भदौ २२ गते पञ्चमी तिथी श्राद्ध ।
– भदौ २३ गते षष्ठी तिथी श्राद्ध ।
– भदौ २४ गते सप्तमी तिथी श्राद्ध ।
– भदौ २५ गते अष्टमी तिथी श्राद्ध ।
– भदौ २६ गते नवमी तिथी श्राद्ध ।
– भदौ २७ गते दशमी तिथी श्राद्ध ।
– भदौ २८ गते एकादशी तिथी श्राद्ध ।
– भदौ २९ गते द्धादशी तिथी श्राद्ध ।
– भदौ ३० गते त्रयोदशी तिथी श्राद्ध, मघा श्राद्ध ।
– भदौ ३१ गते चतुर्दशी तिथी श्राद्ध ।
– असोज १ गते औंशी तिथी श्राद्ध ।