Nepali Jyotish jyotish in Kathamandu Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल भदौ १९ गते शुक्रबार Aajako Rashifal 2020 September 4

आजको राशिफल बि.सं. २०७७ साल भदौ १९ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

                                                       सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ १९ गते शुक्रबार ई. सं. २०२० सेप्टेम्बर ४, नेपाल सम्ब त ११४० ञंलाथ्व द्धितीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण द्दितिया तिथि, चन्द्र मा मिन राशी मा, उत्तर भाद्र नक्षत्र, शुल, योग गर कारण, नेपालमा सूर्योदय बिहान ०५ः४५ बजे, सूर्यास्त साँझ ६ ः २१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन तृतीया श्राद्ध परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १९ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

मंगलबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth In Tuesday

 

मंगलबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु

१। मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन ।
२। यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३। यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन ।
४। मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५। उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६। यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन र साँचो कुरा बोल्ने गर्दछन जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन ।
७। यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
८। यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन र आफ्नो निर्णय आफैँ लिने गर्दछन ।
९। उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन ।
१० स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

आजको राशिफल बि.सं. २०७७ साल भदौ १७ गते बुधबार Aajako Rashifal 2020 September 2

आजको राशिफल बि.सं. २०७७ साल भदौ १७ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

अनलाईन सोर्हश्राद्द सेवा | Online Sorha shradda 2077
अनलाईन सोर्हश्राद्द सेवा | Online Sorha shradda 2077

आजको राशिफल बि.सं.२०७७ साल भदौ १७ गते बुधबार ई. सं. २०२० सेप्टेम्बर २, नेपाल सम्बत ११४० ञंलाथ्व पुन्हि प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल पुर्णिमा, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सुकर्मा योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४४ बजे, सूर्यास्त साँझ ६ ः २३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४४ मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

सोमबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु

सोमबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु

 

१। सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२। सोमबार जन्म लिने ब्यति मृदुभाषी र निकै मुडी हुन्छ ।
३। सोमबार जन्म लिने ब्यति निकै संवेदनशील र चाँडै नर्भस हुने हुन्छन ।
४। सोमबार जन्म लिने ब्यति आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो मान्छन।
५। सोमबार जन्म लिने ब्यति सम्बन्ध निकै महत्व राख्छन ।

६। सोमबार जन्म लिने ब्यति पढाईमा तिक्ष्ण हुन्छ र आफ्नो करियरमा निकै माथि उठाउने खालका हुन्छन।
७। सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन ।
८। सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने तर लोभी स्वभावका हुन्छन। हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९। सोमबार जन्म लिने ब्यतिm सौन्दर्यमा निकै ध्यान दिने प्रवतिको हुन्छ। र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०। सोमबार जन्म लिने ब्यतिm सबैलाई सम्मान गर्नुे तर तपाईंको मुडी स्वभावको हुने गर्दछ ।