ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५
सुर्यग्रहण २०७६ पौष १० गते विहिबार बारे विशेष जानकारी
सुर्य ग्रहण २०७६ ले कुन राशि लाई के कस्तो असर गर्छ ? कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल छ? ग्रहण कति अवधि सम्म लाग्नेछ? कति बजे देखि ग्रहणको सुतक लाग्नेछ? कुन कुन देश बाट ग्रहण देखिन्छ? लगायत ग्रहणबारे अन्य महत्वपूर्ण जानकारी ।
यहि पौष १० गते (डिसेम्बर २६) गते का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । पौष कृष्ण औशी तिथिका दिन खण्डग्रास सुर्य ग्रहण लाग्नेछ। । यो सुर्यग्रहण एशिया, उत्तर र पूर्वी अफ्रिकी देशहरु, अस्ट्रेलिया बाट देखिनेछ । करिब २ घण्टा ४९ मिनेट लाग्ने सुर्य ग्रहण नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। बिहान १० बजेर १ मिनेट मा मध्य समय र मोक्ष ११ बजेर ३१ मिनेट मा हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि पुष ०९ गते राति ०८ बजेर ४५ मिनेट देखि सुतक लाग्ने हुनाले १० गते बिहान ११ बजेर ३१ मिनेट सम्म बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।
यो सुर्य ग्रहण मूल नक्षत्र र धनु राशिमा लाग्नेछ । यो ग्रहण धनु राशिमा रहँदा केतु र शनि सँग युती सम्बन्ध हुनेछ । यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । धनु राशि राशिमा ग्रहण लाग्ने हुनाले यि राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि- मान नाश, आफन्त बाट धोका र चिन्ता बढ्नेछ।
वृष राशि- कष्ट, आर्थीक संकट देखिनेछ।
मिथुन राशि – स्त्रीपिडा, व्यापारमा नोक्सान र पत्नीलाई कष्ट हुनेछ।
कर्कट राशि – सुख वृद्धि, शत्रु पराजित हुनेछन, पेशा व्यावसायमा उन्नती हुनेछ।
सिंह राशि – चिन्ता, सन्तान बाट कष्ट र कार्यस्थलमा तनाव बढ्नेछ।
कन्या राशि – व्यथा, महिला बाट कष्ट र कर्जा बढ्नेछ।
तुला राशि- श्रीप्राप्ती, मान र प्रतिष्ठा बढ्नेछ।
वृश्चिक राशि- क्षती, लगानी फस्न सक्नेछ।
धनु राशि – घात, चिन्ता बढ्नेछ ।
मकर राशि – व्यय, खर्च बृद्धि हुनेछ।
कुम्भ राशि- लाभ, धनप्राप्तीको योग छ।
मिन राशि – सुख, पारिवारिक सुख हुनेछ ।
यो सुर्य ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मिन राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्छ ।