weekly horoscope Nepali December 22 to 28 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल साउन २२ गते बिहिबार Aajako Rashifal 2020 August 6

आजको राशिफल बि.सं. २०७७ साल साउन २२ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल साउन २२ गते बिहिबार ई. सं. २०२० अगस्त ६, नेपाल सम्बत ११४० गुंलागा तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण तृतीया , चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, अतिगंड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ६ ः ५० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १२ बजेर १० मिनेट देखि ३ बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।