बहुमुल्य रत्न हिरा धारणा गर्नुको चमत्कारिक फाइदा| वृष र तुला Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

बहुमुल्य रत्न हिरा धारणा गर्नुको चमत्कारिक फाइदा Advantages of Diamond

शुक्रग्रहलाई प्रतिनिधित्व गर्ने बहुमुल्यवान् रत्न हीरा हो । यो पारदर्शी र शितलता प्रदान गर्ने खनिज रत्न हो । वृष, तुला, कन्या, मकर र कुम्भ लग्न र वृष एवं तथा तुला राशिका जfताकका लागि धेरै महत्त्वपूर्ण हुन्छ । यसको प्रयोगले पारिवारिक सुख, सन्तान सुख प्राप्ति आदिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार हीरामा विशुद्ध क्रिस्टलाईज कार्वन हुन्छ यो एउटा कोईलाको जाति हो । कुण्डलीमा शुक्रग्रह जनित दुश्प्रभाव भएमा हीरा धारण गरी शुभ फल प्राप्त गर्न सकिन्छ । हीराको रंग सेतो, रातो, पहेंलो, हरियो, निलो, कालोआदि धेरै प्रकारको हुनेकुरा पौराणिक कथाहरूमा पाईन्छ । हीराको उपरत्न जिर्कन हो । हीरालाई शुक्रवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी कान्छी औंलामा धारण गर्नाले विद्या, बुद्धि, पद, प्रतिष्ठा, समृद्धि एवं प्रेम प्राप्तिमा समेत निकै सहयोगी हुनेछ ।

विस्तृत जानकारीको लागी यो भिडियो हेर्नुहोला। तपाइ ग्रहको शुभप्रभावका लागी राशी तथा ग्रह अनुसार पत्थर लगाउन चाहानुहुन्छ भने उचित परामर्शको लागी गुरुजीलाइ सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नम्वर ९८४२२१९७३५ यहाँ भाइवर, इमो, ह्वाट्सअप पनि उपलब्ध छ।