कलीयुगमा बढ्दै गएका दश महाँपापहरु| Ten Sins In Kaliyug|

Wed Aug 26 Blog

कलीयुगमा बढ्दै गएका दश महाँपापहरु| Ten Sins In Kaliyug|

कलीयुगमा बढ्दै गएका दश महाँपापहरु

ज्योतिष पण्डित हरिप्रसाद भण्डारी
बरिष्ठ ज्योतिष एवं वास्तुवीद (संम्पर्क नं ९८४२२१९७३५

सनातन हिन्दु शास्त्रीय मान्यता अनुसार चार युगहरु सत्य, त्रेता, द्वापर र कली हुन्छन । चार मध्येको अन्तिम युग कली हो। यो युगमा मानिसहरूको चरित्र बिग्रने सभ्यताको नाममा नयाँ समस्याहरू जन्मने शास्त्रहरूमा उल्लेख गरिएको छ। कलियुगमा हामी सबैको पाप चरम रुपमा पुग्दछ। यो द्वापर युगको अन्त्य पछि सुरुहुन्छ भनिन्छ र यसको अन्त्यसँगै सारा संसार ध्वंस भइ नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ। वर्तमानमा कलिकाल अर्थात कलियुग चलिरहेको छ।
यो कलीयुगमा मानीसहरुको स्वभावमा कुकर्म र पाप बढ्दै जान्छ । पाप मुख्यत तिन प्रकार ले गरिन्छ । पाप कर्महरु शरीर, वाणी एवम मनद्धारा हुन्छन । सो अनुसार मानिसबाट हुने मुख्य पापहरु निम्न छन ।
१. हिंसा
शरीरद्वारा हुने सबैभन्दा प्रथम र अत्याधिक निन्दनिय महाँपाप हो हिंसा । कुनैपनि जीवको साथ शारीरिक हिंसा गर्नु वा जानीबुझी त्यसमाथि क्षति र्पुयाउनु यस श्रेणीमा सामेल छ । आजको समयमा हिंसाले हरेक क्षेत्रमा सिमा नाघ्दै गएको छ । घरेलु हिंसा, कार्यालयमा हिंसा, सार्वजनिक स्थानमा हिंसा यसरी हिंसा पैmलदों क्रममा छ ।
२. चोरी
अरुको अनुमती बिना उसको धनमाल लिनु चोरी हो । शरीरद्धारा हुने पाप हो चोरी । लोभ वा लालचका कारण अरुको सम्पति चोरी गर्नु पाप ठहर्दछ । आज चोरी गर्ने व्यक्तिको संख्यामा बृद्धि हुँदै गएको छ । आफ्नो आवश्यकता पुरा गर्न चोरी गर्नु निन्दनिय छ ।

३. व्यभिचार
व्याभिचार शरीरद्धारा हुने महाँपाप हो। यो अत्यन्त निकृष्ट कर्म हो । वर्तमान समयमा पतीव्रता एवं पतिव्रता भन्ने चिज कुरामा मात्र सिमीत बन्न पुगेको छ । आफ्नो पती वा पत्नीको आम्दानी ले पर स्त्रि वा परपुरुष सँग रमण गर्ने सिलसिला बढ्दै गएको छ । कलियुमा स्त्रीपुरुषको नैतिक र चारित्रिक हनन गर्नेहरु पापको भागिदार हुनुपर्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ ।
४. खराब बाणी
बोली द्धारा हिंसा गर्नु वा अपशब्द बोल्नु लाई खराब वाणी भनिन्छ । शारीरिक महापाप जस्तै बाणी एवं बोलीद्वारा घटित हुने पापलाई पनि घृणित मानिएको छ । बोलीद्धारा अरुलाई हानी पुर्याउने वा कुशब्द, अपशब्द, अलच्छिन बोल्नु पनी महापाप हो । वर्तमान समयमा खराब बोली गरेर अरुलाई पिडा दिने र आफु रमाउने प्रवृत्ती बढ्दै गएको छ ।
५. अपमान गर्नु
शास्त्र अनुसार अरुको अपमान गर्नु हत्या समान पाप हो । अहिलेको समयमा व्यक्ति आफुलाई सम्मान प्राप्त होस भन्ने चाहान्छ । तर अरुलाई सम्मान गनै भने चाहँदैन । अरुलाई अपमान गर्नु पुरुषार्थ ठान्छ। कलियुगमा यो पापलाई धेरैले गरीरहेका हुन्छन ।

७. झुट बोल्नु
हुँदै नभएको कुरा बोल्नु झुट हो । झुट बोल्नु महाँपाप हो । मानिसले बोल्ने झुटले केवल उसको चरीत्र प्रति सन्देह मात्र उत्पन्न गर्दैन, अरु ब्यक्तिका लागी समेत यसले खतरा उत्पन्न गराउँछ । आज हरेक घर घरमा, पसल, कार्यालय एवं स्थानमा झुट बोल्ने श्रृङ्खला बढ्दै गएको छ ।
८. अनुशासन भंग
अनुशासन भन्नाले कुनैपनि नियम वा विधीमा बसेर राम्रो आचरण गर्नु हो । मनद्वारा गरीने पापमा पर्ने अनुशासन भंगमा निति वा मुल्यमान्यता भन्दा बाहिर जानु, परम्परा नमान्नु, आदर नगर्नु क्रोध पाल्नु लगायतका कर्म रहेका छन । आजका दिनमा हरेक ठाउँ र स्थानमा अनुशासन हिनता बढ्दै गएको छ ।
९ .कुनियत राख्नु
मनमा अरुको बारेमा खराब भावना राख्नु कुनियत राख्नु हो । मनद्धारा हुने अर्को पापमा कसैलाई हानी वा पतन गराउने सोच वा कुनियत राख्नु पनी महापाप हो । अरुलाई नोक्सान र्पुयाउने धारणा राख्ने मानीसको संख्यमा वृद्धि हुँदै गएको छ।
१०. कामवासना
कामवासाना सबैभन्दा घृणित पाप हो । कुनै स्त्री वा नर, वा कोहिकसै प्रति पनि वासनाको भावना राख्नु महापाप तुल्य हुन्छ भन्ने कुरामा शास्त्रमा उल्लेख गरिएको छ । आजका दिनमा बाबुले छोरी लाई जबर्जस्ती करणी गर्ने, दाजु बैनी बिच अनैतिक सम्बन्ध कायम हुनै, कार्यालयमा कर्मचारी प्रती हुने यौन दुव्र्यवहार ईत्यादी घटना क्रमहरु बढ्दै गएका छन। यो घृणित विचार भएकाले हत्या समान पाप लाग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस
तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस

महत्त्वपूर्ण लेखहरू

राशिफल

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस