मेष राशिका लागि यो महिना तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदैछ । अब पेसा, व्यवसाय, रोजगारी आदि क्षेत्रमा केही राम्रा र शुभ अवसरहरू प्राप्त हुनेछन् । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । राशि स्वामी मंगलको तृतीय भावमा गोचर रहनाले साहस तथा पराक्रम उच्च रहनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ,। जिम्मेबारीप्रति हेलचक्र्याइँ नगर्नु होला, नत्र पुराना समस्या बल्झिएर दुःख पाइने छ । गृहिणीहरुका लागि सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्ने समय छ । मुख र घाँटीमा सामान्य स्वास्थ्यसमस्या देखिन सक्छ । विद्यार्थीहरुका लागि उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, महिनाको अन्त्यतिर प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदै हुनुहुन्छ भने अझ बढी मिहिनेछ गर्नुपर्ने हुन्छ । व्यवसायीहरुका निमित्त आम्दानीका मार्गहरू बढ्ने छन् र कुनै सरकारी वा राजनैतिक काम गर्न अनुकुल समय छ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । यो महिना राशिस्वामी बृहस्पतिले एघारौं र बाह्रौं घरको भ्रमण गर्नेछ । त्यसैले महिनाको पूर्वार्द्ध उत्साहपूर्ण रहने छ भने उत्तरार्द्धमा खर्चको मात्रामा बृद्धि हुने तथा बजेट डगमगाउने समय छ । विदेश यात्रा हुने अथवा दूरदराजमा रहेको स्थानबाट शुभसमाचार प्राप्त हुनेछ । विदेशमा बसेका व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । दशमेश र लग्नेश दुबै ग्रह बृहस्पति हो, अतः यो महिना श्रमिक तथा कर्मचारीका लागि कार्यालयभन्दा बाहिरको काममा बढी दौडधूप गर्नुपर्ने परिस्थिति बन्नसक्छ । यस महिनामा ग्रहजन्य कुनै पनि अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले दोस्रो भावमा रहेको राशिस्वामी मङ्गलको शुभताका लागि प्रत्येक मङ्गलबारका दिन भगवान् गणेश वा भगवान् हनुमानको आराधना गर्नु शुभ हुनेछ।
वृष राशिका लागि सुर्यले द्धादश भावमा गोचर गर्नेछन । यो महिना खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिरप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हुनेछ । स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । बाह्रौं भाव खर्चको घर पनि हो, त्यसैले अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला । यो धनसम्पत्तिको थैलो कसेर राख्ने समय हो, लापरवाही गर्दा धनमाल वा रुपैयाँपैसा चोरी हुने खतरा हुन्छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । यसै समयावधिमा सँगीसाथीबीचमा रमाईलो र खानपानमा खर्च बढ्ने परिस्थिति बन्नेछ । तर जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । त्यस्तै नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ । किनमेल र कारोबारबाट फाइदा हुनसक्छ । तर महिनाको अन्त्यमा अचानक खर्चको मात्रामा बृद्धि हुनसक्छ । दशमेश शनिश्चरले भाग्य भावको यात्रा गरेको समय भएकाले श्रमिक तथा कर्मचारीका लागि विश्वासको वातावरण बन्नाले कार्यक्षेत्रमा सफलता प्राप्त हुने समय छ । सप्तमेश मङ्गलले तपाईंकै राशिको भ्रमण गरेको समय छ, त्यसैले गृहिणीहरुका लागि जाँगर बढ्ने समय हो, शरीर पनि स्वस्थ रहने देखिन्छ । तर शिरमा बसेको राहु र सातौं घरको केतुले पतिपत्नीका बीचमा चिन्ता र शङ्का बढाउन सक्छ, होस राख्नुपर्छ । पञ्चमेश बुधले कर्मक्षेत्र र लाभभावको यात्रा गरेको देखिन्छ, त्यसैले विद्यार्थीहरुका लागि यो महिना जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने समय छ । व्यवसायीहरुका निमित्त सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
यो महिना सुर्यको गोचर तपाईका लागि लाभ स्थानमा हुनेछ । इच्छा र कामना पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । सरकारको उच्च ओहदाका मानिसहरूसँग तपाईंको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईंले फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । तपाईं स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । प्रेम जीवनमा भने कलह र विवादको सम्भावना देखिन्छ । त्यस्तै दाम्पत्य जीवनमा पनि नोकझोक र कलहको वातावरण बनिरहन्छ, त्यसैले पार्टनरको भावनालाई कदर गर्नुहोला । बालबच्चाको स्वास्थ्यस्थिति र आचरणबारे पनि सतर्कता अपनाउनु पर्छ । यो तपाईंको राशिस्वामी शुक्र ग्रहले दसौंदेखि बाह्रौं भावसम्मको यात्रा गर्ने महिना हो । सामान्यतया कार्यक्षेत्रमा आफ्नो वर्चस्व रहने र साख बढ्ने समय हो । कर्मचारीले आफ्नो सीप र क्षमताको प्रदर्शन गरी प्रतिष्ठा बढाउने अवसर पाउने छन् । आफ्ना कुराको सुनुवाइ हुने समय भएकाले हाकिम वा अभिभावकलाई खुसी बनाउने समय हो । पञ्चमेश शुक्रले नवौंदेखि एघारौं भावसम्मको यात्रा गर्ने समय हो, त्यसैले विद्यार्थीहरुका लागि पनि उत्तम समय आएको छ, परीक्षा, अन्तर्वार्ता वा प्रतियोगितामा गरेको मिहिनेतमा भाग्यबलसमेत थपिने समय हो । व्यवसायीहरुका निमित्त थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि हरेक शनिवारका दिन बिहान पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु उत्तम हुनेछ ।
कर्कट राशिका लागि यो महिना सुर्यको गोचर दशम भाव मा हुनेछ । यो महिना कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने समय हो । व्यवसायीहरूले आफ्नो व्यापारिक प्रतिष्ठानको उन्नतिको प्रयास गर्ने समय हो । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिनु हुनेछ । मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ । व्यापारीहरूले राम्रो मुनाफा कमाउने छन् । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन उचित समय छ । नयाँ जिम्मेवारी पाउने र चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन पाइँदैन । कुल, परम्परा र आध्यात्मिकतातर्फ समेत सामान्य चासो बढ्न सक्छ । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिकरव्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना पनि देखिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । राशिस्वामी बुध ग्रहले नवौं र दसौं घरमा भ्रमण गर्नेछ । यतिवेला कुनै नयाँ मित्र वा मार्गदर्शकसँग चिनजान र भेटघाट हुने समय हो । पदोन्नति हुने सम्भावना छ भने चाहेको परिणाम हात पार्न सक्नु हुनेछ । मस्तिष्क धार्मिक क्रियाकलाप र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । पारिवारिक सम्बन्ध अनुकूल रहने छ । गीतसङ्गीत, नृत्य र अभिनय अथवा अन्य कला र साहित्यका विषयमा रूचि बढ्ने समय हो । विद्यार्थीहरुका लागि पठनपाठनप्रति पूर्णरूपेण समर्पित हुनु नै ठिक हुन्छ, किनकि यो महिना गरेको मिहिनेतको परिणाम यादगार बन्नसक्छ । यो महिना ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु शुभ हुनेछ ।
यो महिना सूर्यले तपाईका लागि भाग्य स्थानको भ्रमण गर्नेछन । पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । सन्तानले उन्नतिरप्रगति गर्नेछन् । दृढ इच्छाशक्तिको उदय हुनेछ । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । गरेको कर्ममा भाग्यको साथ मिल्नेछ । कार्यक्षेत्र र बन्दव्यापारमा वर्चस्व स्थापना हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । तर यस भावमा रहेको सूर्यको केही अशुभ फल पनि प्राप्त हुन्छ, जस्तै पिता वा पितातुल्य व्यक्तिको स्वास्थ्यमा बाधा पुर्याउन सक्छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । गृहिणीहरुका लागिसमेत सप्तमेश शनिश्चरले छैटौं भावको यात्रा गरेको हुँदा शत्रु र प्रतिस्पर्धीहरू प्रबल हुने समय हो । घमण्ड र जिद्दीपना त्याग्नुहोला, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । विद्यार्थीहरुका लागि प्रतिस्पर्धी र प्रतिद्वन्द्वीले तपाईंलाई पछि पार्ने अनेक तरिका अपनाउन सक्छन्, गोप्य ढंगले तैयारी गर्नुभयो भनेमात्र सफलता तपाईंको हातमा हुनेछ । व्यवसायीहरुका निमित्त आराम हुने समय छैन । सहयोगी र साझेदारले फरक व्यवहार देखाउनाले तनाव बढ्ने समय देखिन्छ । यो महिना ग्रहको शुभ प्रभावका लागि तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिनु शुभ हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर अष्टम भावमा हुनेछ । हरेक काममा विघ्न र ढिलासुस्ती हुनेछ । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्नुपर्ने हुन्छ । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । अनायासै खर्चको मात्रामा बृद्धि हुने समय छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय रहनेछन्, उनीहरूले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । पछाडि बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय हो । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनसक्छ । कार्यक्षेत्रमा सिनियर्सहरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउने समय हो । त्यस्तै बन्दव्यापारमा पनि घाटा हुनसक्छ । यो दुर्घटनाकारक भाव भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । यस अवधिमा बोलीमा अंकुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु वाञ्छनीय हुन्छ । आफन्तका बीचमा नै विश्वासको कमी हुनसक्छ । आफन्तका बीचमा राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुने समय छ । स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । गृहिणीहरुका लागिसमेत सप्तमेश शनिश्चरले छैटौं भावको यात्रा गरेको हुँदा शत्रु र प्रतिस्पर्धीहरू प्रबल हुने समय हो । घमण्ड र जिद्दीपना त्याग्नुहोला, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । विद्यार्थीहरुका लागि प्रतिस्पर्धी र प्रतिद्वन्द्वीले तपाईंलाई पछि पार्ने अनेक तरिका अपनाउन सक्छन्, गोप्य ढंगले तैयारी गर्नुभयो भनेमात्र सफलता तपाईंको हातमा हुनेछ । व्यवसायीहरुका निमित्त मस्तिष्कलाई आराम हुने समय छैन । सहयोगी र साझेदारले फरक व्यवहार देखाउनाले तनाव बढ्ने समय देखिन्छ । राशिस्वामी बुध ले अष्टम भावको यात्रा गर्ने समय भएकाले भएका दुष्प्रभाव र खराब फलको अन्त्य होस् भन्ने उद्देश्यले बुधवारका दिन हरियो रङको चुरा भगवती दुर्गाको मन्दिरमा दान गर्नु शुभ हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर सप्तम भावमा हुनेछ । यसको प्रभावले बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापार व्यावसायमा संलग्नहरूका लागि राम्रो कारोबार हुने समय छ । कार्यक्षेत्रमा पनि तपाईंको वर्चस्व कायम हुनेछ । तर यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ। यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । अतः तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन् । यो महिना तपाईंको राशिस्वामी शुक्र ग्रहल सातौं घरमा भ्रमण गर्नेछ, त्यसैले तर्कक्षमता र निर्णयात्मक शक्तिमा बृद्धि हुने समय छ । यस अवधिमा अल्छी नगर्नु र टीमवर्कका माध्यमबाट काम गर्नु राम्रो हुन्छ । छोराछोरीबाट पनि सुख एवं सन्तोष प्राप्त होला । विद्यार्थीहरुका लागि आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो समय छ, कला र साहित्यप्रति झुकाव छ । व्यवसायीहरुका निमित्त हुन त यो महिना तरल पदार्थको कारोबार, पेट्रोल, सुगंध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने समय छ, तर मन रोमान्टिक र प्रेमिल बन्नसक्छ। यो महिना ग्रहको शुभ प्रभावका लागि लक्ष्मी माताको पुजा आराधना गर्नु शुभ हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर छैठौं भावमा हुनेछ । यो कार्यक्षेत्र वा व्यापार व्यावसायका लागि कडा परिश्रम गर्ने समय हो । त्यस्तै वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय हुनेछ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । यस अवधिमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । यो उधारो वा कर्जा चुक्ता गर्ने समय पनि हो । हुन त शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । तर पनि यो शत्रुपक्ष अर्थात् प्रतियोगी र प्रतिस्पर्द्धीसित सतर्कता अपनाउने समय हो । त्यसैले कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । त्यस्तै सूर्यले बाह्रौं भावमा पूर्णदृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो । राशिस्वामी मंगल ले यस महिना अष्टम भावको गोचर गर्नेछन । यसले पनि कार्यमा बाधा एवं स्वास्थ्यमा समस्या पर्न सक्नेछ। मन मस्तिष्क असन्तुलित बन्न सक्छ, वाणि र व्यवहारमा सामञ्जस्य नहुन सक्छ । स्वास्थ्यमा बाधा र परिवारमा असमझदारीजस्ता समस्या हुने समय छ । विद्यार्थीहरुका लागि अत्यधिक आत्मविश्वासले तपाईंको रिजल्टमा असर पुर्याउने समय भएकाले कुनै विषयको गम्भीरतालाई बेवास्ता नगर्नुहोला । व्यवसायीहरुका निमित्त स्वास्थ्य सम्बन्धी विविध क्षेत्रका कारोबारीले सफलता पाउने समय रहेको छ । तर कार्यक्षेत्रमा विविध समस्या देखिन सक्छन् । यो महिना ग्रहको शुभ प्रभावका लागि सिद्धिविनायक श्री गणेश जीको पुजा आराधना गर्नु शुभ हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर पञ्चम भावमा हुनेछ । अब तपाईंको कार्यक्षेत्र र व्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय छ । यस अवधिमा शिक्षार्थीहरूका लागि केही समस्या उत्पन्न हुनसक्छ । हुन त पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनुपर्ने समय छ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । यो महिना तपाईंले नियमित आहारविहारको अनुशासन पालना गरेको राम्रो हो, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम र प्रणयप्रसंगका लागि यो त्यत्ति राम्रो समय देखिंदैन । बरु ध्यान, कसरत, योग र अध्यात्मका क्षेत्रमा शान्तिको अनुभूति हुने समय हो । प्रेम जीवनमा उतारचढाव आउनेछ। त्यस्तै यो विपरीतलिंगीहरूका माझमा लोकप्रिय हुने समयावधि पनि हो । भोगविलास र आनन्दप्राप्तिका लागि मनको आकर्षण रहने छ । विद्यार्थीहरुका लागि दार्शनिकता प्रति झुकाव बढ्ने समय छ, कुनै समसामयिक विषयको चिन्तनमा समय बित्ने छ । व्यवसायीहरुका निमित्त आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने समय छ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता व्यापारीका लागि यो महिना राम्रो समय देखिन्छ । यो महिना ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु शुभ हुनेछ ।
यो महिना तपाईका लागि सुर्यको गोचर चतुर्थ भावमा हुनेछ। आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ यस समयावधिमा व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने छन् । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुनेछ,। सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । नयाँ घरघडेरीको किन्ने मानसिकता बन्ने र कार्यान्वयन गर्न सकिने छ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा बसेको ग्रहको मानसिक उलझन बल्झाउने परिणाम प्राप्त हुने गर्दछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन्छ, खासगरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाव र तिक्तता बढाउने समय हो । हृदय र पेटसम्बन्धी स्वास्थ्यसमस्यासमेत आइलाग्न सक्छ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । राशिस्वामी शनिले तपाईंको आफ्नै राशिको भ्रमण गरिरहेको समय छ, यसको प्रभावले समस्त इच्छा र आकाङ्क्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र उद्यम सुरु हुनेछ । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कार्यालयमा सहकर्मीले राम्रो साथ दिनेछन् साथै मित्रशक्ति र दाजुभाइबाट पनि लाभ हुनेछ । गृहिणीहरुका लागि मान्यजन र ठूलाबडाको सामीप्यता मिल्ने र स्वागतसत्कार गर्ने समय छ । माइतीघरमा कुनै उत्सव र भेटघाटको माहौल बन्नसक्छ । विद्यार्थीहरुका लागि यो महिना विविध चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो । व्यवसायीहरुका निमित्त यो महिना घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने समय छ, साथै व्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ यो महिना ग्रह शान्तिका लागि कुनै मङ्गलबार वा बिहीबारका दिन गच्छेअनुसार कुनै गुलियो पक्वान्न कुनै बृद्ध जोगीलाई वा माता दुर्गाको शक्तिपीठमा दान दिनुपर्छ ।
यो महिना तपाईका लागि सुर्यको गोचर तृतीय भावमा हुनेछ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल, सामर्थ्य र हिम्मत बढ्नेछ। पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिनरदिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ । प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति हुनसक्छ । त्यसैले नजिकका आफन्तहरू, नोकरचाकर र अनुयायी वा शिष्यहरूदेखि सतर्क बसेको राम्रो हो । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । उता राशिस्वामी शनिश्चरले तपाईंको आफ्नै राशिको भ्रमण गरिरहेको समय छ, यसको प्रभावले समस्त इच्छा र आकाङ्क्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र उद्यम सुरु हुनेछ । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । श्रमिक तथा कर्मचारीका लागि दीर्घ प्रयोजनका लागि सम्पत्ति जोड्ने विचार छ भने यो महिना गरेको लगानीले फाइदा दिलाउने छ, कमाइ व्यवस्थापन गर्ने समय हो । गृहिणीहरुका लागि पतिको वा परिवारका सदस्यको पेसागत वा व्यवसायिक उन्नतिको खबर सुन्न पाइने छ । कुनै सानोतिनो भोजभतेरमा सहभागी हुने समय छ । विद्यार्थीहरुका लागि यो महिना प्रतियोगिता, प्रदर्शन वा परीक्षाको तैयारी गर्ने छात्रछात्राका लागि अनुकूल समय छ । व्यवसायीहरुका निमित्त संचार क्षेत्र, वित्तीय कारोवार र ट्राभेल एजेन्सी जस्ता फुटकर र साना व्यवसायीले राम्रो लाभ पाउने समय देखिन्छ । यो महिना ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।
मिन राशिका लागि सुर्यको गोचर धन स्थानमा हुनेछ । अब कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नाम चल्ने र साख बढ्ने योग छ । यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले शिक्षार्थीहरूले राम्रो नतिजा प्राप्त गर्नेछन् । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोकझोक चलिरहन्छ, तर प्रेमसम्बन्ध झन् प्रगाढ बन्दै जानेछ । दोस्रो भाव भनेको मुख पनि हो । बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, अतः प्रकृतिमा अलि कडापन र कठोरता देखापर्न सक्छ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना हुन्छ, सचेत हुनुपर्छ । उता राशिस्वामी शनिश्चरको समेत बाह्रौं भावको यात्राको समय चल्दैछ, त्यसैले यो आफ्नो कर्तव्य र उद्देश्य बिर्सिएर बरालिने अवस्था हो । सप्तमेश समेत सूर्य नै हो र यसले दोस्रो भावमा उपस्थिति जनाएकाले गृहिणीहरुका लागि अनपेक्षित विवादमा फंस्ने योग छ । यो महिना कुरा काट्ने शत्रुसित सतर्क रहने समय हो । विद्यार्थीहरुका लागि अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाउने समय हो । व्यवसायीहरुका निमित्त यो महिना फलफूल, तरकारी, किराना र दूग्धजन्य कारोबारीहरूले सफलता पाउने समय हो । तर कार्यक्षेत्रमा समय दिने फूर्सद पाइँदैन, लोकप्रियताका लागि धनखर्च हुनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु शुभ हुनेछ।