वि.सं. २०७९ सालको वार्षिक वृष राशिफल | Yearly Brish Rashifal Nepali B.S. 2079 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Sat Mar 5 Blog

वि.सं. २०७९ सालको वार्षिक वृष राशिफल | Yearly Brish Rashifal Nepali B.S. 2079

वि.सं. २०७९ सालको वार्षिक वृष राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

यो वर्ष वृष राशिका लागि मध्यम फलदायी रहेको छ । यो वर्ष तपाईका लागि मुख्य ग्रहहरु राहु व्यय भावमा, केतु छैठौं भावमा, शनि भाग्य स्थान र बृहस्पति लाभ भावमा गोचर गर्नेछन ।धनको आगमन निरन्तर रहनेछ । वर्षको मध्यपछि सम्पत्ति लाभको सम्भावना पनि छ । खर्च र ऋण दिनमा ध्यान दिनु पर्नेछ । तपाईं आफ्नो आराम र इच्छाहरूमा स्वतन्त्र रूपमा खर्च गर्नुहुनेछ। व्यावसायिक जीवनमा प्रगति गर्न सकिनेछ । वरिष्ठ अधिकारीहरूसँग पनि राम्रो सम्बन्ध कायम हुनेछ। वृहस्पति शुभ फलदायी रहनाले सुख सन्तोष बढ्ने छ । आम्दानी प्रशस्तै हुनेछ । शत्रुहरु माथि विजय प्राप्त गर्न सकिनेछ । व्यापार व्यवसाय र पशु व्यवसाय फस्टाउने छ । हरेक क्षेत्रमा उन्नति र मानसम्मान बढ्नेछ । राहु र शनिदेव प्रतिकुल भएकाले पीडा र हानी नोक्सानी सहनुपर्ने छ । पाप कर्ममा मन बढ्ने, लाभ नहुने काममा धन खर्च हुने र शत्रुहरु बढ्ने जस्ता अशुभ फलहरु मिल्ने हुनाले राहु र शनिको शान्तिकर्महरु गर्नु राम्रो हुनेछ । अध्ययन— अध्यापन कार्य सफल रहनेछ । परिवारमा मांगलिक कार्य हुनेछ । यस वर्ष सन्तान सुख मिल्ने छ । परिवारमा स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्ने र खर्च समेत बढ्नेछ । वर्षको पूर्वाद्र्धमा वैदेशिक क्षेत्रका कामहरु अधुरो रहेपनि उत्तराद्र्धमा सबै काम बन्नेछन् । आर्थिक दृष्टिले श्रावण, कात्तिक, फागुन र चैत महिनामा शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक २, शुभ रंग सेताो र निलो, शुभ बार शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव देवीको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस
तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस

महत्त्वपूर्ण लेखहरू

राशिफल

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस