वि.सं. २०७९ सालको  कन्या राशिफल | Yearly Kanya Rashifal B.S. 2079 Nepali - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Mon Mar 7 Blog

 वि.सं. २०७९ सालको  कन्या राशिफल | Yearly Kanya Rashifal B.S. 2079 Nepali

 वि.सं. २०७९ सालको वार्षिक कन्या राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

कन्या राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु अष्टम भावमा, केतु द्धितीय भावमा, शनि पञ्चम भावमा र बृहस्पति सप्तम भावमा गोचर गर्नेछन यो वर्ष धनको स्थितिमा सुधार आउनेछ तर खर्चको समस्याले सताउनेछ। जुवा, सट्टेबाजी वा चिठ्ठाबाट टाढा रहनु उपयुक्त हुनेछ । यो वर्ष परिवारमा केही मतभिन्नता सृजना हुने देखिन्छ। वर्षको मध्यतिर शिक्षाका लागि विदेश जाने सपना देखेका व्यक्तिलाई निकै राम्रो नतिजा आउने सम्भावना छ । समग्रमा मध्यम फलदायी वर्ष रहेको छ । वृहस्पती शुभ रहनाले पारिवारीक समस्याहरु हल हुनेछन् । व्यापार व्यावसाय सप्रनेछ । दाम्पत्य जीवन सफल रहनेछ । राहु र केतु अशुभ फलदायी भएकाले स्वास्थ्यसम्बन्धि समस्याहरु उत्पन्न गराउने, शत्रुहरुले हरेक काममा भाजो हाल्ने, आर्थिक हानीनोक्सानी गराउने छन् । शनिका कारण सन्तान पिडा र धनहानी भएपनि वर्षान्ततिर शत्रुहरु नास भई सुख बढ्ने आर्थिक लाभ पनि प्रशस्तै हुने छ । पशुव्यवसाय, व्यापारबाट राम्रो नाफा मिल्नेछ । सामाजिक र धार्मिक कार्यमा बढी समय दिनाले आफ्ना कामहरु अधुरै रहने छन् । नोकरीमा अपसज खप्नुपर्ने छ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आम्दानी समेत बढ्ने छ । पठनपाठन कमजोर रहनेछ । आर्थिक दृष्टिले असार, साउन, मंसिर र फागुन महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ५, शुभ रंग हरियो र सुन्तला, शुभ बार बुधबार र शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान नारायणको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस
तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस

महत्त्वपूर्ण लेखहरू

राशिफल

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस